२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज

नमनखबर डेस्क बैशाख ०३, २०८३ १0३
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज
काठमाडौं — मन्त्रिपरिषद्को मिति २०८२/१२/१६ को निर्णयअनुसार गठन गरिएको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को पहिलो बैठक आज दिउँसो ३:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा बस्दैछ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह को संयोजकत्वमा गठित कार्यदललाई संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने जिम्मेवारी दिइएको छ।
कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सदस्यका रूपमा छन्। नेपाली काङ्ग्रेसबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट संविधान सभाका सदस्य डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टी बाट संविधान सभाका सदस्य तथा पूर्व कानुनमन्त्री देव प्रसाद गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चा बाट महासचिव मनोज भट्ट सदस्य छन्।
नेपाली काङ्ग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ले पठाउने प्रतिनिधिबारे आन्तरिक छलफल भइरहेको छ। ती दलहरूले सम्भवतः आजै सदस्यको नाम टुंग्याउने जनाइएको छ।
सरकारी पक्षबाट पुष्कर सापकोटा (कानुन सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) र इन्दिरा दाहाल (सचिव, नेपाल कानुन आयोग) सदस्य छन्। सदस्य सचिवको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी ले सम्हालेका छन्।
आजको बैठकले कार्ययोजना, कार्यविधि र बहसपत्र तयारीको रूपरेखा तय गर्ने अपेक्षा गरिएको छ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।