२०८३-असार-२७ शनिबार

बिहानको ११:२५:२७

रोटरी क्लब अफ दमकको १५औँ पदस्थापन समारोह सम्पन्न, पत्रकार डिकेन्द्र बस्नेत सम्मानित

नमनखबर डेस्क असार २७, २०८३ १५
रोटरी क्लब अफ दमकको १५औँ पदस्थापन समारोह सम्पन्न, पत्रकार डिकेन्द्र बस्नेत सम्मानित

दमक, झापा - रोटरी क्लब अफ दमकले शुक्रबार दमकस्थित मातृभूमि पार्टी प्यालेसमा १५औँ पदस्थापन (इन्स्टलेसन) समारोह भव्य रूपमा सम्पन्न गरेको छ।

समारोहमा नवनिर्वाचित अध्यक्ष रोटरियन सागर श्रेष्ठको औपचारिक पदस्थापन, पद तथा जिम्मेवारी हस्तान्तरण, शपथ ग्रहण तथा नयाँ कार्यसमितिको घोषणा गरिएको थियो।
नयाँ कार्यसमितिमा तत्कालीन अध्यक्ष (आईपिपी) केशवकुमार अग्रवाल, सचिव देवेन्द्र बराल, इलेक्ट अध्यक्ष भेनस श्रेष्ठ, कमिटेड नोमिनी सञ्जु कुमार पराजुली, उपाध्यक्ष सन्दीप साहेवाला, सहसचिव जासमिन करान्जित श्रेष्ठ, कोषाध्यक्ष प्रेमबहादुर देवकोटा, सहकोषाध्यक्ष रुद्रविक्रम थापा, क्लब एडमिन चेयर सन्दीप चापागाईं (दिपु), मेम्बरसिप चेयर शान्तिराम निरौला, सर्भिस प्रोजेक्ट चेयर पुजन चौधरी, पब्लिक रिलेसन चेयर गोकुल श्रेष्ठ, टीआरएफ चेयर नवीनकुमार अग्रवाल, युथ सर्भिस चेयर ददिराम ढकाल, एसजीटी/एआरएमएस भरत चौलागाईं तथा क्लब एडिटर भूपेन्द्रप्रसाद कोइराला रहेका छन्।
यस अवसरमा नयाँ सदस्यका रूपमा वीरेन्द्रसिंह बस्नेत, कृति बिमली, उमेश धिमाल, सोफिया थुलुङ, युवराज निरौला, रमेश भट्टराई, रेवत बस्नेत, ददिराम ढकाल र सन्दीप न्यौपानेलाई सदस्यता प्रदान गर्दै दीक्षा गराइएको थियो। साथै निवर्तमान अध्यक्ष केशवकुमार अग्रवालको कार्यकालको समीक्षा गर्दै प्रशंसापत्र वितरण गरिएको थियो।
समारोहमा प्रमुख अतिथिका रूपमा पूर्व जिल्ला गभर्नर (पीडीजी) सञ्जय गिरी सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला सचिव लक्ष्मण ज्ञवाली, क्षेत्रीय सहायक गभर्नर भेषराज ढकाल, जिल्ला गभर्नर नोमिनी अमित गिरी, दमक नगरपालिकाकी उपप्रमुख रेजिना भट्टराई प्रसाईँ, रोटरीका पदाधिकारी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सोही अवसरमा उषा चापागाईं फाउन्डेसन पत्रकारिता पुरस्कारबाट विगत एक दशकदेखि दमकलाई कार्यथलो बनाएर सक्रिय पत्रकारिता गर्दै आउनुभएका दमक टाउन डटकमका सञ्चालक तथा पत्रकार डिकेन्द्र बस्नेतलाई दमक रोटरी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। बस्नेतलाई सम्मानपत्र, दोसल्ला, फूलमाला तथा नगदसहित सम्मान गरिएको क्लबले जनाएको छ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सागर श्रेष्ठले आगामी एक वर्षको कार्ययोजना प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ तथा आवश्यकताका आधारमा सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपप्रमुख रेजिना भट्टराई प्रसाईँले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सामाजिक सेवाको जिम्मेवारीलाई अवसर र चुनौतीका रूपमा ग्रहण गरी मानवीय सेवामा समर्पित हुन आग्रह गर्नुभयो।
प्रमुख अतिथि पीडीजी सञ्जय गिरीले रोटरीको उद्देश्य, सदस्यको दायित्व र सामाजिक उत्तरदायित्वबारे प्रकाश पार्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर क्लब र समाजको समग्र हितका लागि सक्रिय हुन सदस्यहरूलाई आग्रह गर्नुभयो।
रोटरी क्लब अफ दमकले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।