२०८३-भदौ-१७ बुधवार

बिहानको ११:२५:२७

रोशीका शिक्षकहरू मैदानमा भिड्दै, माघ १५ र १६ गते भलिबलको रौनक

अशोक बुद्ध लामा माघ १४, २०८२ ३५0
रोशीका शिक्षकहरू मैदानमा भिड्दै, माघ १५ र १६ गते भलिबलको रौनक

रोशी ।पढाईसँगै खेलकुदलाई पनि सँगै लैजाने उद्देश्यले रोशी गाउँपालिकाले शिक्षकहरूका लागि भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। रोशी मा.विको खेल मैदानमा हुने यस प्रतियोगितामा गाउँपालिका भित्रका शिक्षकहरूले आफ्नो खेल कौशल प्रदर्शन गर्नेछन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र हात पार्ने शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दहालले बताउनुभयो। माघ १५ र १६ गते हुने यस खेलले शिक्षकहरूमा थप उत्साह जगाउने अपेक्षा गरिएको छ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।