२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

प्याब्सन बनेपाको दोस्रो नगर परिषद् सम्पन्न

बालकृष्ण बजगाईं पुस १२, २०८२ २0७
प्याब्सन बनेपाको दोस्रो नगर परिषद् सम्पन्न

बनेपा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपा नगर कार्यसमितिको दोस्रो नगर परिषद् २०८२ सम्पन्न भएको छ ।

प्याब्सन केन्द्रिय उपाध्यक्षद्वय आशिष श्रेष्ठ र रविन शर्माको प्रमुख आतिथ्यता तथा प्याब्सन बनेपा नगरसमितिका अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्याब्सन केन्द्रिय उपाध्यक्ष आशिष श्रेष्ठले संस्थागत विद्यालय सञ्चालन निर्देशिका संशोधनका लागि प्याब्सनको तर्फबाट सुझाव प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

उहाँले २०८३ फागुनसम्ममा संस्थागत विद्यालय सञ्चालन निर्देशिका २०६९ संशोधन हुने विश्वास व्यक्त गर्नुभयो ।श्रेष्ठले निजी विद्यालयहरूले जथाभावी शुल्क लिन्छन् भन्ने आरोप लाग्ने गरेको उल्लेख गर्दै अभिभावकहरूसँग नियमित अन्तरक्रिया गरी शुल्कको औचित्य स्पष्ट पार्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन केन्द्रिय उपाध्यक्ष रविन शर्माले विद्यालयहरू निरपेक्ष ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रका संघसंस्थाहरू क्रमशः कमजोर बन्दै, घट्दै र विस्थापित हुँदै गएको अवस्थामा पनि विद्यालयहरू जिनोतिनो रूपमा सञ्चालन भइरहेको उहाँको भनाइ थियो ।

त्यसैगरी, प्याब्सन केन्द्रिय उपमहासचिव भिमसेन केसीले बनेपा प्याब्सनले सञ्चालन गर्ने गतिविधिहरू अन्य स्थानका लागि पनि मार्गदर्शन हुने भएकाले उत्कृष्ट कार्यसम्पादन गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले दोस्रो नगर परिषद् सफलतापूर्वक सम्पन्न भएकोमा शुभकामना व्यक्त गर्नुभयो । केसीले संकट, भोकमरी वा अन्य कठिन परिस्थितिमा समेत शिक्षा र स्वास्थ्य राज्यको प्राथमिकतामा पर्ने क्षेत्र भएको धारणा राख्नुभयो ।

कार्यक्रममा प्याब्सन काभ्रेपलाञ्चोक अध्यक्ष श्याम कुमार भुजेलले जेन–जी आन्दोलनपछि संस्थागत विद्यालयलाई अगाडि बढाउन प्याब्सन काभ्रेपलाञ्चोकले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

पनौती प्याब्सन अध्यक्ष रामचन्द्र देउजाले प्याब्सन विभिन्न बाधा–व्यवधान चिर्दै निरन्तर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा अध्यक्ष महेन्द्र बिष्टले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा बनेपा नगरपालिका भित्रका निजी तथा आवासीय विद्यालयहरूले विद्यार्थी केन्द्रित सिकाइमा सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रयोग गर्दै आएको जानकारी गराइएको थियो ।

अध्यक्ष बिष्टले स्थानीय सरकारले निजी तथा आवासीय विद्यालयहरूलाई पेल्ने गरेको आरोप लगाउँदै संस्थागत विद्यालयहरूलाई सौतेनी व्यवहार गरिएको गुनासो गर्नुभयो ।

कार्यक्रममा प्याब्सन नेपालका केन्द्रिय सचिवालय सदस्य हिरा शर्मा नेपाल, केन्द्रिय परिषद् सदस्य रवि वैद्य, केन्द्रिय सदस्य पूर्ण कुमार श्रेष्ठ, पूर्व केन्द्रिय सदस्य सत्य नारायण श्रेष्ठ, बागमती प्रदेश उपाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, केन्द्रिय सदस्य राममणि सापकोटा, पूर्व जिल्ला अध्यक्ष दिलिप मुखिया, प्याब्सन बनेपा सल्लाहकार कुमार मानन्धरलगायत काभ्रेपलाञ्चोक प्याब्सनका पदाधिकारी, प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

बालकृष्ण बजगाईं

बालकृष्ण बजगाईं

"बालकृष्ण बजगाईं, नमनखबरका एक सिर्जनात्मक लेखक हुन् । बजगाईं समाचार लेखनमा नवीनता र विश्लेषणात्मक दृष्टिकोण ल्याउँदै समाजको गहिरो अध्ययन गर्छन्। उनी सत्य र विश्वसनीयता प्रति प्रतिबद्ध छन् र विभिन्न विषयमा उत्कृष्ट र प्रेरणादायक सामग्री प्रस्तुत गर्छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।