प्रहरी महानिरीक्षक कार्कीको शब्दमा अब बन्छ मेरो देश’ बाेलकाे गीत सार्वजनिक
काठमाडौं । ‘अब बन्छ मेरो देश’ बाेलकाे गीत सार्वजनिक भएको छ । सामाजिक रूपान्तरण, न्यायप्रतिको भरोसा, आपसी सद्भाव र राष्ट्रिय एकताको सन्देश बोकेको गीत नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले लेखेका हुन् ।
गीत नेपाल प्रहरीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा दीपक शर्माको संगीत, उदय राज पौडेलको संगीत संयोजन तथा समिर खरेल, सदिच्छा कट्टेल, सबिन सुबेदी र बेनिसा पौडेलको स्वर रहेको छ । भिडियोमा आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापालगायत कलाकारको अभिनय रहेको छ ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी किरण थापाले गरेका हुन् ।यसअघि पनि दान बहादुर कार्कीको शब्दमा सार्वजनिक भएका ‘आमा म त खरानीबाट उठेर आए’ र ‘फूलको बास्ना सरी’ लगायतका गीतहरू लोकप्रिय बनेका थिए ।
भावुक प्रहरीकाे पहिचान बनाएका प्रहरी महानिरिक्षक कार्की आएसँगै प्रहरीका सन्देश जनसेवाका कामहरु उत्कृष्ट हुँदै गएकाे अनुभूत गरिएकाे छ ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।