२०८३-जेष्ठ-०५ मंगलबार

बिहानको ११:२५:२७

फोनिज गण्डकीले रजत वर्ष मनाउँदैं

नमनखबर डेस्क साउन २९, २०८१ ३२४
फोनिज गण्डकीले रजत वर्ष मनाउँदैं

कास्की । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २५ वर्षमा प्रवेश गरेको अवसरमा २०५६ साउन २७ गते स्थापना भएको फोनिजले रजत वर्ष मनाउने तयारी गरेको छ । फोनिज गण्डकी प्रदेशले बिहीबार बैठक बसी विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउने निर्णय गरेको जनाएका छन् ।

फोनिज गण्डकीले कास्की शाखासँग सहकार्य र समन्वय गरी सरसफाइ मैत्रीपूर्ण भलिबल,छलो प्रतियोगिता, पुरस्कार अर्पण र सम्मान कार्यक्रम गरी रजत वर्ष मनाउने तयारी गरेको फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङले बताउनु हुँदैं आउँदो साउन १९ गते नेपाल पत्रकार महासंघ कास्की शाखा परिसर सरसफाइ,साउन २४ गते खेलकुद पत्रकार मञ्चको पुरुष टोली र फोनिजको पुरुष टिम साथै नेपाल पत्रकार महासंघ कास्की शाखाको महिला टिम र फोनिजको महिला टिमसँगै पुरुष भेट्रान्स पत्रकारबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्ने बताउनु भएको छ । खेलकुद उपसमितिमा संयोजक एवं फोनिज गण्डकी सचिव अर्जुन गाहा ‘सुशान्त’ संयोजक,सदस्य प्रविन मगरलाई सहसंयोजक,खेलकुद उपसमिति कृष्ण आले,मणिलाल गुरुङ, सुरज थापा,सुमन थापामगर,गीता राना र दिलप्रसाद गुरुङ सदस्य रहेका छन् । सोही दिन पत्रकारहरुबीच (महिला/पुरुष) खुल्ला छेलो प्रतियोगिता पनि हुने,

रजत वर्ष मनाउने क्रममा साउन २७ गते मुल कार्यक्रम हुनेछ महासचिव गुरुङले जानकारी दिनुभयो । उक्त दिन पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व.बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापना गरेको तथा फोनिज गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ अर्पण गरिने,उक्त पुरस्कार यो वर्ष कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नवलपुरकी पत्रकार कमला रानामगरलाई पुरस्कार,जनही २५ हजार रुपैयाँ राशि,पुरस्कारसहित सम्मान गरिने फोनिज गण्डकीका महासचिव गुरुङले जानकारी गराएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।