२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

क्यान काभ्रेको २१औं वार्षिक साधारणसभामा डिजिटल ट्रान्सफर्मेसन अफ बिजनेस एण्ड एआई’ कार्यशाला

नमनखबर डेस्क मंसिर ०७, २०८२ ४0२
क्यान काभ्रेको २१औं वार्षिक साधारणसभामा  डिजिटल ट्रान्सफर्मेसन अफ बिजनेस एण्ड एआई’ कार्यशाला

बनेपा, काभ्रेपलाञ्चोक, २०८२ मंसिर ६

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) काभ्रेपलान्चोक शाखाको २१औँ वार्षिक साधारणसभा तथा ‘डिजिटल ट्रान्सफर्मेसन अफ बिजनेस एण्ड एआई’ विषयक सूचना प्रविधि कार्यशाला बनेपा–७ स्थित पूर्वाञ्चल क्याफेमा एक विशेष समारोहका साथ सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता क्यान काभ्रे शाखा अध्यक्ष देवकी आचार्यले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि क्यान महासंघका केन्द्रीय उपाध्यक्ष शेखरनाथ दुलाल तथा विशिष्ट अतिथि सूचना प्रविधि विज्ञ तथा क्यान महासंघका केन्द्रीय सदस्य हेम्पाल श्रेष्ठ रहेका थिए। त्यस्तै क्यान बागमती प्रदेशका उपाध्यक्ष विकास पन्त, उद्योग वाणिज्य संघ काभ्रेका महासचिव रञ्जित पलाञ्चोके, पत्रकार महासंघ काभ्रे अध्यक्ष विनोदकुमार न्यौपाने लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता उल्लेखनीय रहेको थियो।
आधिकारिक रूपमा पानस बालेर उद्घाटन गरिएको कार्यक्रममा क्यान काभ्रे शाखाका सचिव राजकुमार (केवल) तिमिल्सिनाले कार्यक्रम सञ्चालन तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष श्याम गोपाल श्रेष्ठले वित्तीय विवरण सार्वजनिक गरे। उपाध्यक्ष रिता श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा उपस्थित अतिथिहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रमअन्तर्गत आयोजित कार्यशालामा विशिष्ट अतिथि हेम्पाल श्रेष्ठले डिजिटल ट्रान्सफर्मेसनको अवधारणा, व्यवसायमा प्रविधिको रणनीतिक प्रयोग, एआई टेक्नोलोजीले हार्डवेयर व्यवसायमा पुर्‍याउने प्रभाव, व्यवसाय विफल हुने कारण, मूल्य निर्धारण, स्टक व्यवस्थापन, ग्राहक प्रतिक्रिया प्रणाली, सामाजिक सञ्जाल व्यवस्थापन तथा व्यवहारिक डिजिटल टुल्ससम्बन्धी विषयमा विस्तृत प्रशिक्षण प्रदान गरे। सहभागिहरूले प्रशिक्षण अत्यन्त उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्।
प्रमुख अतिथि शेखरनाथ दुलालले साइबर सुरक्षाको बढ्दो आवश्यकता, डिजिटल बजारको प्रतिस्पर्धा तथा ई–कमर्सको विस्तारसँगै स्थानीय व्यवसायले डिजिटल क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै “व्यवसाय मात्र पर्याप्त हुँदैन, डिजिटल सीप अब अनिवार्य छ” भन्दै व्यवसायीलाई प्रविधिबारे सचेत रहन आग्रह गरे। सोही क्रममा पत्रकार महासंघका अध्यक्ष न्यौपानेले सामाजिक सञ्जालको सजग प्रयोग तथा डाटा सुरक्षा हरेक व्यक्तिको प्राथमिकता हुनुपर्ने बताए।
उद्योग वाणिज्य संघ काभ्रेका महासचिव पलाञ्चोकेले डिजिटल प्रविधिको प्रभावकारी उपयोगमार्फत स्थानीय व्यवसायलाई प्रतिस्पर्धी बनाउन सम्भव भएको उल्लेख गर्दै क्यान काभ्रेले आयोजना गरेको यस्ता कार्यक्रमले व्यावसायिक विकासमा ठोस योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।