२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

क्रोएसियामा अन्तर्राष्ट्रिय नेपाली समाजको प्रथम वार्षिकोत्सव तथा नयाँ वर्ष २०२६ को शुभकामना आदान–प्रदान

नमनखबर डेस्क माघ ०१, २०८२ १२३
क्रोएसियामा अन्तर्राष्ट्रिय नेपाली समाजको प्रथम वार्षिकोत्सव तथा नयाँ वर्ष २०२६ को शुभकामना आदान–प्रदान

२०८२ पौष ३० गते

जाग्रेब- अन्तर्राष्ट्रिय नेपाली समाजक्रोएसियाको प्रथम वार्षिकोत्सव तथा नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। क्रोएसियाको राजधानी जाग्रेबस्थित Park Ribnjak1, 10000 मा ११ जनवरी २०२६, आइतबार सम्पन्न भएको कार्यक्रममा क्रोएसियामा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि एन.आर.एन.ए. क्रोएसियाका उपाध्यक्ष हर्क साहु रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व अन्तर्राष्ट्रिय नेपाली समाजक्रोएसियाका अध्यक्ष सुशिल तिवारीले गर्नुभएको थियो। बुद्ध मार्ट क्रोएसियाको संयोजनमा सम्पन्न कार्यक्रममा वक्ताहरूले संस्थाको उद्देश्य, हालसम्मका गतिविधि तथा आगामी योजनाबारे प्रकाश पार्दै विदेशमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउने संस्थाको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रहरूमा रहेका नेपालीहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा सशक्त बनाउने दिशामा नेपाली समाजक्रोएसियाले विशेष योगदान पुर्‍याउँदै आएको चर्चा गरिएको थियो। छोटो समयमै संस्थाले समुदायको विश्वास जित्दै अघि बढ्न सफल हुनु नेपाली समुदायको सामूहिक प्रयास, सहकार्य र एकताको प्रतिफल भएको धारणा व्यक्त गरिएको थियो।

कार्यक्रमलाई थप जीवन्त बनाउँदै शान्ति ओली, तुलसा चौलागाई, सुरेश गुरुङ र विशाल चलाउनेले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको फोटोग्राफी तथा भिडियोग्राफी दिपक महराले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिला चापागाईं र प्रकाश बोहराले गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन तिलक भट्टले गर्नुभएको थियो । 

अन्तर्राष्ट्रिय नेपाली समाजक्रोएसियाले सुलभ दरमा ऋण प्रवाह गरी विदेशमा रहेका नेपालीहरूलाई आत्मनिर्भर, स्वरोजगार तथा उद्यमशील बनाउने लक्ष्यसहित निरन्तर काम गर्दै आएको जनाएको छ। साथै नेपालीहरूको हकहितका लागि आवाज उठाउने, सांस्कृतिक तथा सामाजिक संकटका समयमा सहयोग गर्ने र भविष्यमा विविध सामाजिक, आर्थिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै जाने संस्थाले जनाएको छ 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।