२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

पवन घिमिरे नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन पाटन इकाई समितिको सदस्य पदका उम्मेदवार

नमनखबर डेस्क माघ २५, २०८१ ६४९
पवन घिमिरे नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन पाटन इकाई समितिको सदस्य पदका उम्मेदवार

ललितपुर ।  नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन पाटन इकाई समितिको सदस्य पदका लागि पवन घिमिरेले औपचारिक रूपमा उम्मेदवारी दिएका छन्। आगामी १२ औं अधिवेशन तथा २६ औं वार्षिक साधारण सभा माघ २६ गते हुने तय भएको छ, जसअन्तर्गत नयाँ नेतृत्व निर्गवाचित हुनेछ। 

उम्मेदवारी घोषणा गर्दै घिमिरेले इमानदारी, पारदर्शिता र संस्थागत विकासलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्। उनले कानून व्यवसायीहरूको हकहित संरक्षण गर्दै एसोसिएसनलाई थप प्रभावकारी बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

माघ २६ गते बिहान ११:०० बजेबाट पाटनस्थित मालपोत कार्यालयमा मतदान सुरु हुनेछ। मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरी आगामी तीन वर्षका लागि पदाधिकारी र सदस्य चयन गर्नेछन्। यस निर्वाचनमा ३६४ जना मतदाताले मतदान गर्ने व्यवस्था गरिएको छ। सदस्य पदका लागि ७ जना उम्मेदवार निर्वाचित हुनेछन् ।

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन कानूनी पेशामा आबद्ध व्यवसायीहरूको साझा संगठन हो। यसले पेशागत हकहित रक्षा गर्दै कानूनी सेवा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। 

यस पटक अन्य पदहरूका लागि पनि प्रतिस्पर्धीहरू मैदानमा उत्रिएका छन्। निर्वाचित उम्मेदवारहरूले संस्थाको सुधार, सुदृढीकरण र विकासका लागि महत्वपूर्ण काम गर्ने अपेक्षा गरिएको छ।

 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।