खेलकुदको विकासको लागि सकारात्मक सोचको साथ अगाडि बढ्नु पर्छ!!!
१.तपाईंको परिचय ?
नमस्कार ????
म एक खेलाडी + खेल प्रेमी कान्छा मान लामा अध्यक्ष नेपाल खेलकुद तथा समाजिक बिकास केन्द्र रोशी ५ सिसाखानि काभ्रे
२.नेपाल खेलकुद तथा समाजिक बिकास केन्द्रको उदेश्य? युवा तथा महिला बालबालिका, बिपन्न ,पिछडिएका ग्रामिण भेगका जनसमुदायका खेलकुदको बिकास गर्ने , दक्ष अनुशासित खेलाडी उत्पादनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेल खेलकुदका सम्बन्धि हरेका बिधाका खेलहरु आयोजना गर्ने,खेलकुदको मध्यम बाट युवा ,महिला बालबालिका लागुअौषध दुर्व्यसन शिकार हुनुबाट मुक्त गराउने
३.नेपालमा खेलकुदको अवस्था कस्तो छ ?
म एक खेलाडी एंव खेलकुदको विकास निम्ति लागेका व्यक्ति हुनाले सकारात्मक सोचका साथ अगाडी बढ्नु पर्छ ,समय अनुरुप व्यक्ति , समाज ,अवस्था ,व्यवस्था परिवर्तन हुनु जरुरी छ,
४.खेल खेलेर नै जीवनयापन सकिन्छ ?
यो प्रश्न अलि गम्भीर लाग्यो मलाई ,खेलको आफ्नै नीति, नियम हुन्छ ,नीति ,नियमको सिमाको ,अनुसरण गरेमा अवश्य सकिन्छ ,
५.संस्थाले हाल सम्म गरेका कामहरु ?
नमोबुद्द रोशीका जनसमुदायमा पुगि अभिभावक , विद्यालय व्यवस्थापन,शिक्षक ,शिक्षिकाहरु, सल्लाह ,सुझाव अनुरुप पोक्रा मा. बि. भिमखोरी रोशी ११ करांते कक्षा सुरु हिमालय मा.बि सिपाली रोशी ६ करांते सुरु भुमेस्थान मा.बि.लुर्पुङ रोशी ५ जोगेश्वर मा.बि. महादेवटार रोशी ४ गर्दै रोशी सरकारको सहयोगमा प्रथम रोशी कप फुल -कन्ट्याक्ट् करंते२०७८ रोशी मा.बि. कटुन्जे रोशी ७ मा सम्पन्न दोस्रो रोशी कप फुल- कन्ट्याक्ट् करांते २०७९ हिमालय मा.बि. सिपाली रोशी ६ मा सम्पन्न,तेस्रो रोशी कप फुल- कन्ट्याक्ट् करांते २०८० ड्म्फुपर्क कालढुङगा रोशी ११ मा सम्पन्न २०८१ चौथो रोशी कप फुल - कन्ट्याक्ट् करांते बाढी पाहिरो महाविपतको बाबजुद रोशी मा.बि कटुन्जे ७ मा सम्पन्न काभ्रे जिल्ला खेलकुद बिकास समितिको समन्वय ,काभ्रे जिल्ला समन्वय समितिको अयोजना प्रथम काभे खेलकुद महोत्सव २०८० मा रोशी र,नमोबुद्धका विभिन्न बिधाका सहभागी खेलाडी भाइ बहिनीले उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई,नगद,ट्राफि,मेडल जित्न सफल, बाढी पीडित रोशी ९ चिउरिबासका १०००० दशहजार बराबरका २ सेट पलाङ सहयोग, क्यान्सार पीडित रोशी ५ का चिनी माया घलनका सहयोगर्थ १माहिना आभियान चलाउदै नगद एक लाख २५हजार बराबर सहयोग,सेन्सा लामा बचाउ अभियानमा नगद ५० हजार बन्द बढी रकम संकलन गारी सहयोग, दशरथ रंगशाला ,ललितपुर ,भक्तपुर ,हुने हरेक गेममा रोशी .नमोबुद्धका खेलाडीहरु सहभागीता गर्ने गराउने (अनुभव)
६.भावी योजना ??
२०८२ रोशी कप फुल -कन्ट्याक्ट्को करांते प्रतियोगिता पुर्ण तयारी ७ दिने सेल्फ डिफेन्स क्याम्प चलाउने ..
७.अन्तमा धेरै धेरै हार्दिक धन्यवाद छ
यो अबसरको लागि ????हामि खेलकुद तथा सामाजिक बिकासको यात्रामा छु यो यात्रामा सबै सबैको साथ ,सल्लाह ,सुझाव , सहयोगको लागि हार्दिक आमन्त्रण गर्द्छु , धन्यवाद ,
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।