ग्राहकको इच्छा अनुसारको सेवा र सर्भिस दिएको छु, खुसी छु
तपाईँको परिचय
नमस्कार म ब्युटिसियन मिना लामा
ब्युटिसियन कस्तो पेसा हो?
ब्युटिसियन चाहिँ अहिलेको समयमा प्रभावकारी र अति उत्तम पेशा हो, अहिलेको समयमा व्यक्ति शिक्षित हुनुको साथसाथै आकर्षक र स्मार्ट देखिनु जरुरी छ त्यसकारण ब्युटिसियन यो पेशा एकदम राम्रो छ।
कुन उमेरका व्यक्तिहरू लिन आउँछन्
ब्युटी पार्लर धाउनेको कुनै उमेर हुँदैन जुनसुकै उमेरका व्यक्तिहरू पनि आउँछन्, विशेषगरी शिक्षित व्यक्तिहरू नै धेरै आउछन्
ग्राहकहरूको प्रतिक्रिया कस्तो रहेको छ?
राम्रो छ जेहोस् ग्राहकको इच्छा अनुसारको सेवा र सर्भिस दिएको छु, खुसी छु यो पेसामा
कति जनालाई रोजगार दिनुभएको छ
चार पाँचजनालाई रोजगार दिएको छु,
भावी योजना के रहेको छ
अब भावी योजना भनेको काठमाडौँमा ब्रान्स खोल्ने हो
ब्युटिसियन बन्न कति समय तालिम लिनुपर्छ?
सात महिनादेखि एक वर्ष लाग्छ
तपाईँ पेसाले सन्तुष्ट हुनुहुन्छ?
हजुर एकदमै एकदमै खासमा त यो पेशा एकदम बेस्ट लाग्छ मलाई किनभने आफू पनि राम्रो बन्न पाउने र अरुलाई पनि राम्रो बनाउन पाउने अनि अहिलेको समयमा मानसम्मान पनि छ यो पेशामा र आम्दानी राम्रै रहेको कारण म सन्तुष्ट छु,
महिलाहरूले के सुझाव दिन चाहनुहुन्छ
शिप सिकौ आत्मनिर्भर बनौ, आफ्नो हातमा शिप भयो भने संसारको जुनसुकै कुनामा गएर जस्तो सुकै परिस्थितीमा पनि आफै गरेर खाना सकिन्छ
अन्तम के भन्नु छ कि
अन्तमा सबैजनालाई बनेपा फेसियल हाउसमा आउनुहोस् र सेवा गर्ने मौका दिनुहोस् र अहिले ब्युटिसियन कोर्सहरूमा भारी छुटको व्यवस्था रहेकोले तपाईं पनि सिक्न चाहनुहुन्छ भने हामीलाई सम्झिनुहोस्
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।