२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

काभ्रे प्रेसका सञ्चालक युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

नमनखबर डेस्क पुस १०, २०८२ १७९
काभ्रे प्रेसका सञ्चालक युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

बनेपा, काभ्रेपलाञ्चोक २०८२ पुस १०

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औँ वार्षिक साधारण सभाको अवसरमा काभ्रे प्रेसका सञ्चालक तथा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित भएका छन् ।

भुम्लु गाउँपालिका वडा नम्बर ४, काभ्रेपलाञ्चोक निवासी गौतमलाई वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०८२ अन्तर्गत सम्मानपत्र र नगदसहित सम्मान प्रदान गरिएको हो ।
सहकारी विषयलाई केन्द्रमा राखी समग्र सहकारी क्षेत्रको विकास, विस्तार र सुदृढीकरणका लागि सकारात्मक तथा तथ्यपरक समाचार सम्प्रेषण गर्दै आएको योगदानको उच्च मूल्याङ्कन गर्दै संघले गौतमलाई सम्मान गरिएको संस्थाले जनाएको छ।
काभ्रे प्रेस, नव क्षितिज साप्ताहिक, राम्रो सन्देश लगायत मिडिया मार्फत सहकारी सम्बन्धी समाचार, लेख–रचना, अध्ययन–अनुसन्धान तथा खोजमूलक पत्रकारितामा निरन्तर सक्रिय रहँदै उनले सहकारी अभियानलाई जनस्तरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
संघका अनुसार छापा, श्रव्य–दृश्य तथा विद्युतीय माध्यममार्फत सहकारी क्षेत्रमा देखिएका विकृति, विसङ्गति र चुनौतीहरू उजागर गर्दै सुधारतर्फ ध्यानाकर्षण गराउन खेलेको भूमिकालाई विशेष कदर गरिएको हो।
बनेपा नगरपालिका वडा नं. ६ स्थित चेतना केन्द्रमा सम्पन्न कार्यक्रममा संघका पदाधिकारीहरूले जिल्लाभर सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरूको अवस्था, समस्या र उपलब्धि जनसमक्ष ल्याउन सञ्चारकर्मीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे। उनीहरूले सहकारी अभियानलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताए।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै काभ्रे प्रेस का सञ्चालक गौतमले सहकारी क्षेत्रको सकारात्मक रूपान्तरणका लागि अझ सचेत, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।