तामाङ समाज क्रोएसियाको प्रथम महाधिवेशन तथा वार्षिक उत्सव हुँदै

तामाङ समाज क्रोएसियाको प्रथम महाधिवेशन तथा वार्षिक उत्सव हुँदै

नमनखबर डेस्क - २०८१-०८-१९

क्रोएसिया । तामाङ समाज क्रोएसियाको प्रथम महाधिवेशन तथा वार्षिक उत्सव कार्यक्रम हुने भएको छ । अधिवेशन यही डिसेम्बर ८ (मंसिर २३) गते राजधानी जाग्रिबमा हुने भएको हो । 

महाधिवेशनबाट तामाङ समाज क्रोएसियाले आधिकारिक रुपमै नेतृत्व पाउने छ । ‘विश्वभर छरिएर रहेका तामाङहरु एक हौं, आफ्नो भाषा, धर्म, संस्कृतिको जगेर्ना गरौँ’ भन्ने मूल नारालाई आत्मसात गर्दै अधिवेशन गर्न लागिएको हो । 

कार्यक्रमको आयोजना गर्नका लागि तामाङ समाज क्रोएसियाले व्यापक छलफल, समन्वय र व्यवस्थापन गरिरहेको छ ।

महाधिवेशन सम्पन्न गर्नका लागि तामाङ समाज क्रोएसियाका संरक्षक तथा सल्लाहकार दावा लामाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको छ । निर्वाचन समितिमा गगन तामाङ र नवराज योञ्जन सदस्य रहेका छन् ।

 

अधिवेशनको बन्दसत्रबाट सर्वसम्मत नयाँ कार्समिति निर्वाचित गर्ने तामाङ समाज क्रोएसियाले जनाएको छ ।   


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments