काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार नियमित संचालन हुँदै आएको वाग्मती सफाइ महाअभियानले शनिबार कोटेश्वर महादेव स्थान पश्चिम वाग्मती पहेंलो पुल वाग्मती नदि आसपासमा ६०३ औं शृङ्खला भव्यताकासाथ सम्पन्न भएको छ ।
महाअभियानकी अभियन्ता किशोरसिंह शाहीकानुसार उक्त महाअभियानमा नेपाल सरकारका पूर्वमुख्यसचिव एवं प्रमुख अभियन्ता लीलामणि पौंडेल,कामनपा वडा नं.११ का वडाध्यक्ष हिरालाल तण्डुकार,पद्म श्री कलेज एवं बि.आइ.टि.विद्यार्थीहरु,शिक्षक, कर्मचारीहरु, वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु, स्थानीय वासिन्दाहरुको उपस्थितिमा सरसफाइ गरि संकलित एक मेट्रीक टन फोहोरको व्यवस्थापन, काठमाडौं महानगरपालिका, वातावरण व्यवस्थापन विभाग, टेकु, काठमाडौंले गरेको बताएका छन् ।

0 Comments