ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित माकाथलीमा ठेचोका महिला दिदिबहिनीहरुको सहभागितामा"स्वच्छ सफा हराभरा,सुन्दर ठेचो हाम्रो परिकल्पना"भन्ने नाराकासाथ शनिबार ठेचो जनचेतनामूलक सरसफाइ अभियानले आफ्नो गौरवमय २३ औं शृङ्खला पूरा गरेको छ ।
ठेचोकी सामाजिक अभियन्ता एवं अभियानकी संयोजक निर्मला क्षेत्रीको नेतृत्वमा,स्थानीय ठेचोका सक्रिय महिला दिदिबहिनीहरुको सहभागितामा माकाथलीमा सरसफाइ गरिएको थियो ।

0 Comments