ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित माकाथली पधेरोमा ठेचोका महिला दिदिबहिनीहरुको सहभागितामा"स्वच्छ सफा हराभरा,सुन्दर ठेचो हाम्रो परिकल्पना"भन्ने नाराकासाथ शनिबार ठेचो जनचेतनामूलक सरसफाइ अभियानको २० औं शृङ्खला सम्पन्न भएको छ ।
ठेचोकी सामाजिक अभियन्ता एवं अभियानकी संयोजक निर्मला क्षेत्रीको नेतृत्वमा,स्थानीय ठेचोका सक्रिय महिला दिदिबहिनीहरुको सहभागितामा माकाथली पधेरोमा सरसफाइ गरि संकलित फोहोरको व्यवस्थापन सिर्जनसीप सेवा प्रा.लि.खुमलटारले गरेको अभियानकी संयोजक तथा अभियन्ता निर्मला क्षेत्रीले जनाएकी छिन् ।

0 Comments