काठमाडौं । नेपालको आफ्नै स्वदेशी कार्ड जारी नेपाल पे आउने भएको छ । नेसनल पेमेन्ट स्विच (एनपीएस) नेपालमा लागु गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एसीआई वर्डविदेविच साझेदारी भएको हो । नेपालमा अन्तराष्ट्रिय भिसा र एससिटी र मास्टर कार्डको प्रयोग हुँदै आएको छ ।
कार्ड लागु भएपश्चात वित्तिय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई नेपालपे कार्ड उपलब्ध गराउन सक्नेछन् । कार्डबाट छिटो, सस्तो र डाटाहरुको स्थानीय पहुँच हुने हुँदा थप सुरक्षित हुने अपेक्षा समेत लिइएको छ ।
हाल नेपालमा भुक्तानी र रकम स्थानान्तरण प्रविधिलाई सहज र छिटो बनाउन नेपाल क्लिरिङ्ग हाउसको कनेक्ट आइपिएस सञ्चालनमा रहेको छ ।
कनेक्ट आइपिएस वालेटको सफल सञ्चालन पछि नेपाल क्लियरिङ हाउस स्वदेशी डेबिट तथा क्रेडिट कार्ड जारी गर्न अगाडि बढेको हो ।

0 Comments