समाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम नचलेपछि
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, फेसबुक मेसेन्जरमा विश्व भरिनै समस्या देखिएको छ । साथै मेटा कम्पनीको सामाजिक सञ्जाल इन्स्टाग्राममा समेत समस्या देखिएको छ ।
नेपाली समय अनुसार मंगलबार रातको ९ बजेतिर एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । तत् पश्चात लगइन नहुने समस्याले प्रयोगकर्तामा आफ्नो खाता ह्याक भएको शंका गर्दै आफूले पासवर्ड रिसेटको प्रयास गरेको बताएका छन् ।
तर विश्वभरि नै बिग्रिएको कारण आफू शंकामुक्त भएको एक प्रयोगकर्ताले बताए ।
यद्यपी मेटा कम्पनीको अर्को सामाजिक सञ्जाल ह्वाट्स एप भने चलिरहेकै थियो । जहाँ विशेषत फेसबुक र इन्स्टाग्राम नचलेको बिषयले प्रश्रय पाएको थियो ।
बेलुकी समस्या देखिएसँगै करिव डेढ घण्टापछि नियमित सञ्चालनमा आएको तर यस्तो किन भएको भन्ने जानकारी आएको छैन ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।