काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित एक भव्य समारोहबीच ‘मिसेस् मल्टिट्यालेन्ट नेपाल २०२६’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै सानी (कान्डु) शेर्पाले मुख्य उपाधि जित्न सफल भएकी छिन्। उनले उपाधिसँगै ‘स्मार्ट’ विधाको अवार्ड पनि आफ्नो नाममा पारिन्।
सोलुखुम्बुमा जन्मेका
सानी शेर्पा (कान्डु शेर्पा) मुख्य विजेता: बन्न सफल भएका छन् भने
– (टाइटल: स्मार्ट) पनि हात पारेकी छन्
फस्ट रनर अप:
शुष्मा बुढाथोकी – (टाइटल: पर्सनालिटी, लिडरशिप, बेस्ट इन गाउन)
सेकेन्ड रनर अप:
जमुना तामाङ – (टाइटल: कन्फिडेन्ट, डिसिप्लिन)
विशेष विधा अवार्डहरू:
प्रनिता बस्नेत (पब्लिक च्वाइस),
गुणमाया थापा मगर (भ्युयर च्वाइस),
पूजा आचार्य (ब्युटिफुल),
पार्वती गुरुङ (एक्टिभ)
अतिथिहरू:
परु गुरुङ – सफल महिला व्यवसायी तथा समाजसेवी
विशेष अतिथि (Special Guest):
बिकाश देव योञ्जन तामाङ – ग्लोबल मोटिभेसनल स्पिकर, ट्रेनर तथा लाइफ कोच
देविका राई – फिटनेस ट्रेनर, योग गुरु तथा उद्यमी
निर्णायक (Judges):
पुजना प्रधान गुरुङ – अभिनेत्री
गंगा लामा घिसिङ
कल्पना आचार्य – मिसेस नेपाल (२०१८)
राज किङ वाइवा
मेनुका श्रेष्ठ – जुम्बा फिटनेस प्रशिक्षक तथा डान्सर
कार्यक्रममा कोरियोग्राफर रोजन शाक्य तथा डान्स कोरियोग्राफर अमिर दोङले कोरियोग्राफी गरेका थिए।
शान्वी होटलले टेबल म्यानर सम्बन्धी कक्षा सञ्चालन गरेको थियो।
प्रतियोगिताका विजेताले ५०,००० रुपैयाँ, फस्ट रनर अपले २५,००० रुपैयाँ तथा सेकेन्ड रनर अपले १५,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
कार्यक्रममा गायक प्रकाश वाइबा र कोशिश थोकारले सांगीतिक प्रस्तुति दिँदै भरपुर मनोरञ्जन प्रदान गरेका थिए।
विवाहित महिलाहरूको आत्मविश्वास र प्रतिभा उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको आयोजक चेसाङ लामाले जानकारी दिएका छन्।

0 Comments