काठमाडौं – ‘मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६’ अन्तर्गत चैत १४ गते शनिवार ट्यालेन्ट शो आयोजना हुने भएको छ। आयोजकका अनुसार विभिन्न पेशामा आवद्ध अविवाहित तथा विवाहित महिलाहरूले प्रतियोगितामा सहभागी भई उपाधि जित्ने अवसर पाउनेछन्।
प्रतियोगितामा अविवाहित महिलाको उमेर १६–२८ वर्ष र विवाहित महिलाको उमेर २०–४५ वर्ष तोकिएको छ। सहभागीको उचाइ ५ फिटदेखि ५ फिट ७ इन्चसम्म हुनुपर्ने मापदण्ड पनि राखिएको छ।
प्रतियोगिताका लागि २० दिनको विशेष तालिम सञ्चालन गरिनेछ। तालिमका आधिकारिक सल्लाहकार कोरियोग्राफर रोजिन शाक्य रहनेछन्।
आयोजकले प्रतियोगिताले नेपाली महिलालाई सशक्त, आत्मविश्वासी र प्रेरणादायी नेतृत्वकर्ता बनाउने लक्ष्य राखेको बताए। सहभागीहरूले आफ्नो प्रतिभा, बौद्धिकता, सौन्दर्य र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्ने अवसर पाउनेछन्।
प्रतियोगितामा सार्वजनिक बोल्ने कला, ग्रूमिङ, फेसन, संवादकला तथा व्यक्तिगत ब्राण्डिङसम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ। यसले सहभागीलाई आत्मविश्वासी वक्ता र समाजमा प्रतिनिधित्व गर्न सक्षम व्यक्तित्वका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम युवा व्यवसायी तथा समाजसेवी उज्वल तामाङ दोङको प्रमुख आतिथ्यमा सञ्चालन हुने जनाइएको छ।
ट्यालेन्ट शोका निर्णायकहरूमा जोया बुढाथोकी ( Judge / Mrs. Star Universe 2023), अनिता गोले (Judge / Model & Actress) र बुद्धि मान स्याङ्तान (Judge / अध्यक्ष, ब्ल्याक स्टार फिटनेस, बौद्ध) रहनेछन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेतालाई नगद रु. ५० हजारसहित क्राउन प्रदान गरिनेछ। पहिलो रनरअपलाई रु. २५ हजार र दोस्रो रनरअपलाई रु. १५ हजार नगदसहित क्राउन प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।
फाइनल चैत्र २३ गते हुने अध्यक्ष चेसाङ तामाङले बताउनुभयो

0 Comments