सरस्वती पूजामा जनसेवा केन्द्रद्वारा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
बेथानचोक, काभ्रेपलाञ्चोक - जनसेवा केन्द्र नेपालले सरस्वती पूजाको अवसरमा बेथानचोक गाउँपालिका–४ स्थित श्री कपुर महाँकाल प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुभास लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष सरोज प्रसाद कुइकेलको प्रमुख आतिथ्यतामा बालकक्षा देखि कक्षा ५ सम्म अध्ययनरत २५ जना विद्यार्थीलाई सामग्री प्रदान गरिएको हो।
कार्यक्रममा कुइकेलले जनसेवा केन्द्र नेपाल मानविय सेवामा समर्पित संस्था भएको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामाले सामाजिक संस्थाको सहकार्यले शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो भने प्रधानाध्यापक राजेन्द्र महतले सहयोगप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रममा समाजसेवी मोहन गजुरेलसहित विमेश सापकोटा, कविराज गिरि, राम तिमल्सिना, राजकुमार सापकोटा, प्रमेश लामा, डिकेन्द्र बस्नेत, यशोदा खत्री, शुभद्रा खत्री, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।