२०८३-वैशाख-२१ सोमबार

बिहानको ११:२५:२७

कुरा होइन काम गरेर देखाउँछु" – बनेपा र धुलिखेलको खानेपानी समस्या सुल्झाउन किसान विष्णु कुमार श्रेष्ठको उम्मेदवारी

नमनखबर डेस्क माघ १२, २०८२ २५0
कुरा होइन काम गरेर देखाउँछु" – बनेपा र धुलिखेलको खानेपानी समस्या सुल्झाउन किसान विष्णु कुमार श्रेष्ठको उम्मेदवारी

नमोबुद्ध-९ काभ्रेका स्थायी बासिन्दा विष्णु कुमार श्रेष्ठले आसन्न निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। कक्षा ८ सम्मको अध्ययन पूरा गरी लामो समयदेखि कृषि पेशामा आबद्ध श्रेष्ठले यस पटक 'प्रेसर कुकर' चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिने निर्णय गर्नुभएको हो।

बनेपा र धुलिखेल क्षेत्रमा वर्षौंदेखि कायम रहेको खानेपानीको हाहाकारलाई अन्त्य गर्नु नै आफ्नो मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो। "अहिलेसम्म धेरैले आश्वासन मात्र दिए, तर जनताले पानी पाएनन्। म किसानको छोरो हुँ, मलाई थाहा छ दुःख के हो," श्रेष्ठले भन्नुभयो। उहाँले खानेपानीसँगै युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने ठोस योजना अघि सार्नुभएको छ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।