प्याब्सन काभ्रेपलाञ्चोकको जिल्ला परिषद् २०८२ सम्पन्न

प्याब्सन काभ्रेपलाञ्चोकको जिल्ला परिषद् २०८२ सम्पन्न

नमनखबर डेस्क - २०८२-०९-१४

२०८२ पौष १४ गते सोमबार

साँगा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेपलाञ्चोकको जिल्ला परिषद् सम्पन्न भएको छ । केन्द्रिय प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता एवं प्याब्सन जिल्ला अध्यक्ष श्याम बहादुर भुजेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले प्याब्सन साना ठुला सबै संस्थाको छाता संगठन भएकाले सबै संस्थाहरूसँग सुख र दु:खमा सहकार्य गर्ने बताउनुभयो । पैसा तिर्न नसक्ने १० प्रतिशत जेहेन्दार, दलित, आदिबासी विद्यार्थीहरूलाई छात्रवृतिमा पढाउन सुझाउनुभयो । जेनजी आन्दोलनको उदाहरण दिँदै तेस्रो दिनसम्म लम्बिएको भए त्यसको निशाना निजी विद्यालय हुन सक्ने बताउँदै उहाँले समाजभन्दा बाहिर विद्यालय जान नहुने बताउनुभयो । निजी विद्यालयसँग सम्बन्धित व्यक्तित्वहरू असल बन्ने प्रयास गर्नुपर्ने बताउनुभयो । रोगको उपचार अस्पतामा हुन्छ तर गलत शिक्षा पायो भने त्यसले व्यक्ति, समाज र राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने अध्यक्ष अधिकारीले ईङ्कित गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय प्याब्सनका सह अध्यक्ष गोपाल आचार्यले प्याब्सन उद्योग वाणिज्य संघ पछिको निजी स्तरको ठुलो संगठन भएको संस्था भएको बताउनुभयो । नीजी शैक्षिक क्षेत्रको ठुलो संस्था प्याब्सन नै रहेको दाबी गर्नुभयो । संगठनमा बल र एकता हुने भएकाले संगठित भएर काम गर्दा साझा लक्ष्य हाँसिल गर्न सकिने उहाँको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय उपमहासचिव भुवन लाल श्रेष्ठले प्याब्सनले सञ्चालन गर्न लागेको स्पोर्ट्स साइन्स कार्यक्रमबारे जानकारी दिनुहुँदै यो तालिम कार्यक्रम माघ ९ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिने र निजी विद्यालयका २५० शिक्षक शिक्षिकाले सहभागिता जनाउन सक्ने जानकारी दिनुभयो ।

त्यस्तै केन्द्रिय प्याब्सनका उप-महासचिव भिमसेन केसीले सिंगो काभ्रेपलाञ्चोक जिल्लाई शैक्षिक क्षेत्रमा अगाडि बढाउन केन्द्रको तर्फबाट र पदिय हैसियत अनुसार प्राप्त भएको जिम्मेवारी बहन गर्दै अगाडि बढेको बताउनुभयो ।

केन्द्रिय प्याब्सनका सचिवालय सदस्य हिरा शर्मा नेपालले प्याब्सन काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा एक दिवसीय सेमिनार कार्यक्रम गर्न प्रस्ताव गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्याब्सन जिल्ला अध्यक्ष श्याम बहादुर भुजेलले प्याब्सन र विद्यालयहरू भनेको धागो र माला जस्तै भएको बताउँदै धागो र मालाको सहकार्यले आशातित शैक्षिक उपलब्धि हाँसिल गर्न सकिने बताउनुभयो । प्याब्सनले नीजी विद्यालयको अस्तित्व जोगाउन र परिष्कृत गर्न महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष भुजेलको भनाई छ ।

प्याब्सन काभ्रेका बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष किशोर कुमार गौतम, महासचिव आर.वि.कटुवाल, उपमहासचिव भुवनलाल श्रेष्ठ, उपमहासचिव भिमसेन केसी, बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश संजेल, काठमाडौ जिल्ला अध्यक्ष नवराज भट्ट, ललितपुर जिल्ला अध्यक्ष ताराप्रसाद खनाल, भक्तपुर जिल्ला अध्यक्ष राजन कसपाल, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने लगायत प्याब्सनमा आवद्ध विद्यालयबाट आमन्त्रित सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुको अवस्था, आगामी योजना र सम्भावित जोखिमका बारेमा उक्त कार्यक्रममा छलफल भएको थियो ।

जिल्ला उपाध्यक्ष बसन्तराज नेपालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन सचिव विमल न्यौपानेले गर्नुभएको थियो । परिषद्को बन्द सत्रमा सचिव विमल न्यौपानेले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष अर्जुन थापाले आर्थिक प्रतिवेदन र अध्यक्ष श्याम बहादुर भुजेलले प्याब्सन काभ्रेको अवस्थाका बारेमा धारणा राख्नुभएको थियो ।


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments