रेशम कुमार स्याउली तामाङको धनमाया,मनमाया,फुलमाया सार्वजनिक

रेशम कुमार स्याउली तामाङको धनमाया,मनमाया,फुलमाया सार्वजनिक

अशोक बुद्ध लामा - २०८२-०६-२४

नेपालअधिराज्य तथा देश-बिदेशमा छरिएर रहेकाे तामाङ समुदायकाे प्रतिनिधित्व गर्दै पश्चिमी भेग नुवाकोट, धादिङ र रसुवाकाे उपल्लाे पहाडी आसपासका गाउँठाँउमा रहेकाे भाकाहरु "मानेदाेरा, साईकाेले, म्हेन्दाेमाया र तामाङ सेलाेकाे मिश्रित गीति संगालाे रेशम कुमार स्याउली तामाङकाे  "प्रथम म्हेन्दाेमाया" काेशेली स्वरुप "धनमाया मनमाया फूलमाया"तामाङ म्हेन्दाेमायाकाे नयाँ गीत अडियो दर्शक-श्राेताहरु र संगीत पारखीहरूका लागि खुसीको खबर हाे ! चर्चित म्हेन्दाेमाया गायक तथा संगीतकार चिजा तामाङको शब्द रहेकाे छ भने सेलाे सर्जक गायक,संगीतकार तथा निर्देशक रेशम कुमार स्याउली तामाङकाे संगीत रहेको नयाँ गीत "धनमाया मनमाया फूलमाया" लाेकप्रिय गायिका मनमाया वाइवा, लक्ष्मी तामाङ, सञ्जु लामा, चर्चित म्हेन्दाेमाया गायकद्वाेय किर्ती तामाङ र चिजा तामाङकाे सुमधुर आवाजमा सजिएको छ भने गायक रेशम कुमार स्याउली तामाङले साथ दिनु भएकाे छ। याे गीतलाई वरिष्ठ संगीत संयाेजक राजु खड्काकाे एरेन्ज गरेका छन्। रेकर्डिष्ट दिपक बि.शी. र मिक्सिङ दिका गुरुङ हुनु हुन्छ भने   रेकर्डिङ नयाँबजार स्थित डिजिटल काठमाडौं स्टुडियोमा रेकर्डिङ कार्य सम्पन्न गरिएको थियाे।

प्रस्तुतकर्ता तथा संगीतकार रेशम कुमार स्याउली तामाङको अनुसार गीतले भूगाेल फरक जस्ताे लाग्ने तर शैली मेल खाने अनि धर्म-सस्कृति, रितिरिवाज,भेषभुषाकाे प्रतिनिधित्व अनि माया प्रेम, ख्याल-ठट्टाका ब्यङ्ग, भावना र वास्तविक जीवनका जिउदाे कथा र चालचलनहरूलाई संगीतमय रूपमा चित्रण गरि प्रस्तुत गरिएका पाईन्छ ।

"धनमाया मनमाया फूलमाया" गीतको अडियो सार्वजनिक भएपछि गीतलाई लिएर दर्शक तथा श्रोताहरूकाे सुझावलाई मध्यनजर गर्दा सर्जक तथा प्रस्तुतकर्ता उत्साहित भएकाे जानकारी पाएकाे छ। खासै याे "धनमाया मनमाया फूलमाया" तामाङ  संगीतमा नयाँपन ल्याउने उदेश्यले पुर्वी तामाङ र  पश्चिमी तामाङकाे भूगाेल,धर्म-सस्कृति, रितिरिवाज, भेषभुषा तथा मुल त बुद्व धर्मलाई समेटिएर तयार पारिएको तामाङ म्हेन्दाेमाया गीत हाे भन्न रुचाउनु हुन्छ गीतकार, गायक-गायिका, संगीतकार तथा प्रस्तुतकर्ता । प्रस्तुतकर्ता भन्नू हुन्छ, आशा छ हाम्राे याे प्रयासलाई दर्शक-श्राेताहरुले मनन गरि मन पराईदिनु हुनेछ भन्ने विश्वास पनि गरिएको छ।

अझ विस्तृत जानकारीका लागि Syauli Creation युट्युब च्यानलमा गीत सुनेर सुझाव दिन हार्दिक अनुराेध पनि गर्दछ। 

                                   धन्यवाद ।

एलवम :- तामाङ म्हेन्दाेमाया गीत

गीतकाे बाेल :- धनमाया मनमाया फूलमाया

स्वर :- मनमाया वाईबा, लक्ष्मी तामाङ, सञ्जु लामा र 

          किर्ती तामाङ, चिजा तामाङ, रेशम कुमार स्याउली तामाङ

शब्द :- चिजा तामाङ

संगीत :- रेशम कुमार स्याउली तामाङ

एरेन्जर :- राजु खड्का

बाँसुरी :- गाेपालदेव

सारङ्गी :- हेमन्त कान्छा 

रिदम :- राजु खड्का

टुङ्ना :- पवनवाङ लामा

रेकर्डिष्ट :- दिपक बि.शी.

मिक्सिङ :- दिका गुरुङ

रेकर्डिङ स्टुडियो :- डिजिटल काठमाडौ, नयाँबजार ।

                                                                               


not-found

अशोक बुद्ध लामा

समाचारदाता

0 Comments