काठमाडौ । स्रष्टा पदयात्रा नेपालकाे माइतीघर मण्डलामा दीप प्रज्वलन गर्दै रिपोर्टर्स क्लबमा रचना वाचन गरेर सम्पन्न भएको छ।
संस्थाले जेन- जी आन्दोलनमा मृत्युु भएकाहरूको तेर्हौं पुण्य तिथिकाे अबसरमा आत्माको शान्तिकाे कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । कार्यक्रममा कवि- लेखकले अबका दिनमा परिवर्तनका लागि खेल्नु पर्ने भूमिकाकाे विषयमा अन्तरक्रिया तथा छलफल गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर खगेन्द्र प्रसाद लुइँटेलले लेखक, पत्रकार र बौद्धिक वर्गले पार्टीको झाेला बाेकेर नेताहरुकाे भजन गाँउनुकाे परिणाम जेन जि आन्दोलन भएको प्रष्ट पार्नु भयो । उहाँले यो विद्रोह सचृत युवापुस्ताकाे भएकोले अबकाे गन्तव्य अहिले निश्चित नभएको उहाँको ठाेकुवा छ ।
उहाँले कार्यक्रममा उपस्थित स्रष्टाहरुकाे कमजोरी माथि खुलेर आलोचना गर्नु भएको थियो । दल समातेर हिड्नेले आजबाट साहित्य लेख्न बन्द गर्न सुझव दिनु भएको थियो। यो पदयात्रा र २०३६ सालकाे सडक कविता क्रान्ति उस्तै रहेको उहाँको धारणा थियो ।
यस्तै डाक्टर बालचन्द्र मिश्रले भाद्र २३र २४ लाई कालाे दिनकाे सँज्ञा दिदै हामिले सधै सकारात्मक रूपले सोचेर अगाडि बढने प्रतिज्ञा गर्न कवि लेखकलाई स्मरण गराउनु भयो ।
कवि तथा लेखक हरिष कल्पित र बसन्त रिजालले युवाले नपाएको रोजगार, विदेश पलायन र भ्रष्टाचारकाे वितृष्णा हुनले आन्दोलन जन्माएको भन्दै लेखकले लेखेर प्रतिकार गर्ने र देश- भुगाेल रहे मात्र साहित्यको इतिहास गर्विलाे हुने बताउनुभयो । अर्को बक्ता वसन्त रिजाले जब नेता मुखी भइन्छ त्यसपछि हालकाे अवस्था आएको हो। नेताले पदमा पुगेपछि अंहकार पाइलेका छन्।
डाक्टर शशि थापा पंण्डितले पञ्चायत देखि गरेको संघर्ष पुरा हुन नसक्दा हालको अवस्था सिर्जना भएको हो बताउँदै । सरकारले जेन जीको रगतमा होली खोलेका र परिवारको सदस्य गुमाउनु भन्दा देश जलेकोमा दुख लागेको बताउनुभयो ।
उक्त कार्यक्रममा स्रष्टाहरुले आफ्ना रचना सुनाएका थिए। जेन जि आन्दोलन लक्षित रचना सुनाउनेमा क्रमश वासुदेव पौडेल, संजय साेति ,ध्रुवराज थापा पुरुष, दिनेश खरेल, प्रतिक घिमिरे, शान्ति सापकोटा, शशी थापाले रचना वाचन गर्नु भयो भने एन वि जनकपूरी, अप्सरा ढकाल, एन्जल निरु, शाेभा सरल, हरिष कल्पित, बसन्त रिजाल, बासुदेव ठकुरी,माधबलाल श्रेष्ठ , जयराम विडारी, विना नेष्कुन, सुमन पुडासैनी लगायत लगभग दुई दर्जन कविले रचना सुनाउनु भएको थियो ।
संस्थाका महासचिव गंगा भेटवालले संचालन गर्नु भएको कार्यक्रममा अध्यक्ष सितल गिरिले स्वागत मन्तव्य राख्नु भएको थियो । साथै कार्यक्रमकाे समापन उपाध्यक्ष विमल अर्यालले गर्नु भएको थियो

0 Comments