सिडेन बागमतीको उपसभापतिमा काभ्रेका सुनिल श्रेष्ठले धनेन्द्र केसीको प्यानलबाट प्रतिस्पर्धा गर्दै

सिडेन बागमतीको उपसभापतिमा काभ्रेका सुनिल श्रेष्ठले धनेन्द्र केसीको प्यानलबाट प्रतिस्पर्धा …

नमनखबर डेस्क - २०८२-०५-११

काभ्रे । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बागममी प्रदेशको ८ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनसँगै नेतृत्व चयन हुने बागमती प्रदेश समितिको सभापतिमा पुरुषोत्तम शर्मा (लामिछाने) र उपसभापतिमा सुनिल श्रेष्ठले उम्मेदवारी दिएका हुन् । श्रेष्ठले धनेन्द्र केसीको केन्द्रीय नेतृत्वमा रहेको प्यानलबाट बागमती प्रदेश उपसभापति पदमा उम्मेद्वारी दिएका हुन् ।

पुरुषोत्तम शर्मा नेतृत्वको बागमती प्रदेश प्यानलबाट कुशल खड्काले सचिव, प्रविन काफ्लेले उपसचिव र कोषाध्यक्षमा खेम शाहीले उम्मेदवारी दिएका हुन् । सदस्यहरुमा सुशान्त उप्रेती, दिपिका अधिकारी, समिक्षा ढकाल, रोजिना ग्यामरु, हिमाल दाहाल, टिकाराम श्रेष्ठ, पुरुषोत्तम पाण्डे, विनोद पाण्डे र समी सुवेदीले उम्मेदवारी दिएका हुन् ।

 

यस्तै उपसभापतिमा उम्मेदवारी दिएका श्रेष्ठले आफूले बागमती प्रदेशका समग्र इन्जिनियर र आर्किटेक्टहरुको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । धनेन्द्र केसी नेतृत्वमा रहेको टिमले उम्मेदवारी घोषणा गरिसेको छ ।


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments