नेपाली चलचित्र 'बोक्सीको घर' वैशाख १४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्रले समाजमा रहेको बोक्सी प्रथा र यसबाट सिर्जित परिस्थितिको विषयलाई चलचित्रले बोकेको छ ।
महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने गरेको सामाजिक, यौन, संवेगात्मक शोषणको कथालाई चलचित्र मार्फत प्रस्तुत गरिएको छ ।
करिब ८ वर्षअघि सार्वजनिक नाटक 'बोक्सीको घर' मा आधारित रहेर चलचित्र निर्माण गरिएको जनाइएको छ । सुलक्षण भारती नाटककै लेखक तथा निर्देशकले चलचित्रलाई निर्देशन गरेका हुन् ।
चलचित्रमा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ ।
सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । समाजमा घटिरहेको तर नभनिएको कथा भन्नुपर्छ भनेर आफूहरूले चलचित्रको निर्माण गरेको अभिनेत्री अधिकारीले बताएकी छिन् ।

0 Comments