२०८३-वैशाख-२१ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

फेसियल हाउसको ईटहरी शाखा सञ्चालनमा, पूर्वेली महिलाका लागि सौन्दर्य सेवामा नयाँ विकल्प

नमनखबर डेस्क असार ३१, २०८२ २३४
फेसियल हाउसको ईटहरी शाखा सञ्चालनमा, पूर्वेली महिलाका लागि सौन्दर्य सेवामा नयाँ विकल्प

बनेपा — नेपालको सौन्दर्य सेवा क्षेत्रमा ख्यातिप्राप्त संस्था फेसियल हाउसले सेवा विस्तारको क्रममा पूर्वी नेपालमा आफ्नो उपस्थिति दर्ज गराउँदै ईटहरीमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ।

ईटहरी उप–महानगरपालिका वडा नं. ६ मा स्थापित यस नयाँ शाखाको शुभारम्भ एक विशेष समारोहका बीच सम्पन्न भयो। उद्घाटन कार्यक्रम ईटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, र फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ ब्यूटिसियन सुष्मा महराले संयुक्त रूपमा रिवन काटेर गर्नुभयो।

उक्त अवसरमा प्रबन्ध निर्देशक सुष्मा महराले फेसियल हाउसको यात्रा स्मरण गर्दै भनिन्, “हामीले झापाबाट सात वर्षअघि सेवा सुरू गरेका थियौं। कोभिड महामारीले केही समय चुनौती आयो, तर अब हामीले पूर्वका सेवा–लाभार्थीलाई लक्षित गर्दै ईटहरीमा अत्याधुनिक सेवा सुविधा सहित शाखा विस्तार गरेका छौं। गुणस्तरीय, सुलभ र सर्वसुलभ सेवा हाम्रो प्रमुख उद्देश्य हो।”

कार्यक्रममा बोल्दै ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले फेसियल हाउसले सौन्दर्य सेवामा व्यवसायिक अवसर विस्तार गर्न उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो।

त्यस्तै, वडा नं. ६ का अध्यक्ष दिवस पोखरेलले फेसियल हाउसको पेशागत दक्षता र विगतको सेवा अनुभवबारे जानकारी दिँदै शाखा विस्तारप्रति प्रशंसा व्यक्त गर्नुभयो।

समारोहकी प्रमुख अतिथि तथा उप–प्रमुख संगीता कुमारी चौधरीले सौन्दर्य सेवा महिलाको आत्मविश्वास र पहिचानसँग जोडिएको क्षेत्र भएको उल्लेख गर्दै भनिन्, “फेसियल हाउसको सेवा विस्तारले महिला सशक्तीकरणलाई थप टेवा दिनेछ। नगरपालिकाले ब्युटिसियन तालिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, र यस्ता व्यवसायिक संस्थाको उपस्थिति रोजगारी सृजनामा महत्वपूर्ण हुनेछ।”

ईटहरी शाखाबाट ग्राहकहरूले हेयर केयर, स्किन केयर, स्किन टेस्ट, हाइड्रा फेशियल, मेनिक्योर–पेडिक्योर लगायतका आधुनिक सेवा एकै स्थानमा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

फेसियल हाउसले निकट भविष्यमा पूर्वाञ्चलका अन्य प्रमुख शहरहरूमा पनि सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। सौन्दर्य क्षेत्रमा नवप्रवर्तन र गुणस्तरीय सेवा मार्फत महिलाहरूको आत्मबल वृद्धि गर्ने लक्ष्य बोकेको यो संस्था महिला सशक्तीकरण र उद्यमशीलता प्रवर्द्धनमा सशक्त रुपमा अगाडि बढिरहेको देखिन्छ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।