असार १५ धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबले गरे मान्दिर वारिपरि वृक्षारोपण

असार १५ धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबले गरे …

अशोक बुद्ध लामा - २०८२-०३-१५

श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा रहेको नव प्रतिभा बाल क्लबको आयोजनामा असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा नमोबुद्ध नगरपालिका वडा नं ७ मा अवस्थित श्री जगवैजेश्वर त्रिवेणी धाम परिसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरियो । 

 कार्यक्रममा बाल क्लबका अध्यक्ष रिकेशा उप्रेती, उपाध्यक्ष शिला न्यौपाने र कोषाध्यक्ष समिर सिग्देलले श्री जगवैजेश्वर त्रिवेणीधाम संरक्षण तथा व्यवस्थापन समितिका उपाध्यक्ष माधवप्रसाद खनाल र सदस्य विदुरप्रसाद बर्तौलालाई विभिन्न जातका विरुवाहरु हस्तान्तरण गरेका थिए! 

 उपाध्यक्ष माधवप्रसाद खनाल र सदस्य विदुरप्रसाद बर्तौलाले वृक्षरोपणका लागि बाल क्लबका सदस्यहरुलाई सहयोग तथा सहकार्य गर्नुभएको थियो!

 यस अवसरमा उपाध्यक्ष खनालले भन्नुभयो- यस्तो पवित्र स्थलमा वृक्षरोपण तथा सरसफाइको कार्यक्रम आयोजना गरेकोमा आफूलाई अत्यन्त खुसी लागेको र विरुवा जस्तै  बढेर अनि पढेर असल नागरिक बनी विद्यार्थीहरुले पनि यस्तै परोपकारी कार्य गर्न सक्नुपर्दछ भन्ने धारणा राख्नुभयो । 

 

कार्यक्रममा विद्यालयको संस्थापक सन्तोष अधिकारी र प्रधानाध्यापक विवेक कुमार तामाङले बाल क्लबलाई सहजीकरण गरिदिनुभएको थियो ।


not-found

अशोक बुद्ध लामा

समाचारदाता

0 Comments