श्री हिमालय मा. वि रोशी -६ सिपालीमा नव कदम बाल क्लब निर्वाचन मार्फत गठन गरेको छ निर्वाचनबाट इशु तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सदस्य चयन गरेको छ! कार्यक्रम प्रजातान्त्रिक पद्धति अनुसार सदस्य हरुको छनौट निर्वाचन मार्फत सम्पन्न गरिएको थियो!
निर्वाचन मार्फत छनौट गर्दा प्रजातान्त्रिक अभ्यास हुने र विद्यार्थीमा सिकाइ पनि हुने र साथै विद्यार्थीमा उत्साह पनि हुने हुँदा निर्वाचन कार्यक्रम अत्यन्त उत्साहपुर्णका साथै विद्यार्थीमा हर्सोल्लास पनि देखिएको विद्यालयका शिक्षक एवं सुचना अधिकारी शुशिल राज उप्रेतीले बताउनुभयो!
निर्वाचनमा गरिने सम्पुर्ण क्रियाकलापहरु गरेका थियो,
जस अन्तर्गत निम्न अनुसारको कार्य गरिएको थियो।
१. मतदाता नामावली प्रकाशन।
२. उम्मेदवारी दर्ता।उम्मेदवारको नाम प्रकाशन।
३. उम्मेदवारी फिर्ता लिने।
४. उम्मेदवार प्रति दावी बिरोध ।
५. दावी विरोध उपर छलफल ।
६. उम्मेदवारको अन्तिम नामावली प्रकाशन।
७. उम्मेदवारलाई चुनाव चिन्ह प्रदान ।
८. प्रचारप्रसार को समय।
सबै कार्यको लागि समय विभाजन गरिएको थियो।
निर्वाचन मन्डल ३ सदस्यीय गठन गरिएको थियो जसमा
१. मतदान अधिकृत भक्तराज रिजाल।
२ सदस्य मोहन प्रसाद उप्रेती।
३. सदस्य खेमराज भट्ट रहनु भएको थियो।
मतदान प्रक्रिया २:३० बाट शुरु भै ३:३० मा सम्पन्न भएको थियो।छात्र छात्राको छुट्टै लाइनको व्यवस्थापन गरी भिन्न भिन्न कोठामा मतदानको व्यवस्था मिलाइएको थियो सम्पुर्ण शिक्षक साथी हरुलाइ निर्वाचन सम्पन्न गर्नको लागि तदनरुप जिम्मेवारी दिइएको थियो।मतगणना ३:४० बाट शुरु गरि ४:०५ मा सम्पन्न भएको थियो।
जम्मा मत १२९ खसेकोमा ३ मत मात्र बदर भएको थियो भने १२६ मत सदर भएको थियो मतगणना गर्दा विद्यार्थी पनि सङ्गै राखी सदर र बदर मतको बारेमा जानकारी दिई मत गणनाको विषयमा पनि सिकाइएको थियो।निर्वाचनका सम्पुर्ण क्रियाकलापमा विद्यार्थीहरुलाइ प्रत्यक्ष सहभागी गरिएको थियो।
निर्वाचन पश्चात् कक्षा ९ कि छात्रा इशु तामाङको नेतृत्वमा ११ सदस्यीय नव कदम बाल क्लब गठन भएको छ।
विजयी सम्पुर्ण क्लबका सदस्यहरूलाई विद्यालयका सहायक प्र अ अर्जुन सिलवाल र बाल क्लबका संरक्षक शिक्षक चुर्ण बहादुर ओलिले टीका लगाइ सम्मान गर्नु भएको थियो।
उक्त निर्वाचन कार्यक्रमको सन्चालन र संयोजक विद्यालयका शिक्षक एवं सूचना अधिकारी सुशील राज उप्रेतीले गर्नु भएको थियो।
पदाधिकारी तथा सदस्यहरु निम्न अनुसार छन्!
१ इशु तामाङ- अध्यक्ष
२. कविता तामाङ - उपाध्यक्ष
३. दिवानी तामाङ - सचीव
४. निशा तामाङ - कोशाध्यक्ष
५. दावा तामाङ - सदस्य
६ उमेश तामाङ - सदस्य
७. अस्मिता शाह ठकुरी - सदस्य
८ सागर तामाङ - सदस्य
९. सफल तामाङ - सदस्य
१०. प्रशान्त तामाङ - सदस्य
११. दिब्यानी उप्रेती - सदस्य ।

0 Comments