पञ्चकन्या विद्यालयले छनौट गरे क्याप्टेन र सह क्याप्टेन

पञ्चकन्या विद्यालयले छनौट गरे क्याप्टेन र सह क्याप्टेन

अशोक बुद्ध लामा - २०८२-०२-०८

काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं ३ चोलामाथमा अवस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आज विद्यालय क्याप्टेन र सह क्याप्टेन छनौट निर्वाचनबाट गरिएको छ विद्यालय क्याप्टेनमा सन्जिता गिरी र सह क्याप्टेनमा शिव खत्रीले उत्कृष्ट मत प्राप्त गरेर बिजय हाँसिल गर्नुभएको छ भने कक्षागत क्याप्टेन र सहक्याप्टेन भने यसअघि नै चयन भैसकेको थियोे जहाँ २१६ भन्दा माथि विद्यार्थी संख्या भएका यस विद्यालयलाई धुलिखेलकै राम्रो विद्यालयमा गणना गरिन्छ,विद्यालयका प्रधानाध्यापक प्रकाश  हुमागाईले विद्यालयमा राम्रो पढाइ,अतिरिक्त क्रियाकलाप साथै अनुशासनमा राख्न यो कार्यले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै उहाँ विद्यालयलाई अझै धेरै राम्रो बनाउने अपेक्षा लिएर दौडधुपका साथ अगाडि बढिरहेको  समेत बताउनुभयो साथै यहाँ अंग्रेजी माध्यममा पढाइ हुनुका साथै M.G.M.L. कक्षा संचालन भइरहेको छ!!!


not-found

अशोक बुद्ध लामा

समाचारदाता

0 Comments