बागमती प्रदेश स्तरीय शैक्षिक प्रदर्शनीमा काभ्रे धुलिखेलको सेतीदेवी मावि उत्कृष्ट

no-image

नमनखबर - २०८१-१०-१५

बागमती प्रदेश स्तरीय शैक्षिक प्रदर्शनीमा काभ्रेपलाञ्चोक जिल्लालाई प्रतिनिधित्व गर्दै धुलिखेल नगरपालिका वडा नम्बर २ रविको श्री सेतीदेवी माध्यमिक विद्यालय सबैभन्दा उत्कृष्ट हुन सफल भएको छ । 

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयद्वारा आयोजित प्रदर्शनी कार्यक्रम २०८१ माघ १४ गते हेटौडा स्थित श्री आधुनिक राष्ट्रिय मा. वि. मा आयोजना भएको थियो ।

जिल्ला प्रथम हुन सफल भई प्रदेशस्तरीय प्रतियोगितात्मक शैक्षिक प्रदर्शनीमा भाग लिएका विद्यालयहरूमध्ये सेतीदेवी मा. वि., धुलिखेल, काभ्रेपलाञ्चोकले प्रथम  स्थान हाँसिल गर्न  सफल भएको हो । विद्यालयले सम्मानसँगै नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ । 

बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका विद्यालयहरूमध्ये सर्वोत्कृष्ट हुन सफल भएकोमा विज्ञान शिक्षक समाज नेपाल, काभ्रेपलाञ्चोकले प्रधानाध्यापक राजकुमार सारु मगर र समस्त विद्यालय परिवारलाई बधाई ज्ञापन गरेको छ । 

बाग्मती प्रदेश स्तरीय शैक्षिक सामाग्री प्रदर्शनी मेलामा काभ्रेपलाञ्चोक जिल्लालाई प्रतिनिधित्व गर्दै सेतिदेवी मा.वि.ले जिल्लालाइ नै पहिलो पटक  ऐतिहासिक  जित दिलाउन सफल भएको हो ।

यस सफलतामा विद्यालयले सम्पुर्ण विद्यालय परिवार, धुलिखेल नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलान्चोक, अहोरात्र खटिएका मिहिनेती विद्यार्थी तथा शिक्षक स्टाफहरुलाई बधाईसँगै धन्यवाद व्यक्त गरेको छ । 

 


not-found

नमनखबर

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments