17.4ºc
२०८२-०२-०९
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.५ जोरपाटीमा तराना महिला विकास समिति,तराना कला केन्द्रको सक्रियतामा शुभ विहानी महिला समूहको सहकार्यमा"वातावरण स्वच्छ राख्ने हाम्रो अभियान,सुन्दर सफा हरित नगर हाम्रो पहिचान"भन्ने मुल नाराकासाथ शनिबार टोल सरसफाइ तथा जनचेतना अभिवृद्धि अभियानले आज शनिबार १५९ औं शृङ्खला पूरा गरेको छ ।
अभियानकी संयोजक वसन्ती लामाको संयोजकत्वमा, तराना महिला विकास समिति,तराना कला केन्द्र,शुभ बिहानी महिला समूहकी अध्यक्ष गंगा खतिवडा,समूहका सदस्यहरु,अभियानका अभियन्ताहरु,विभिन्न टोलका महानुभावहरुको उपस्थितिमा जनचेतनामूलक सरसफाइ अभियान सम्पन्न भएको थियो ।
"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"
0 Comments