२०८३-वैशाख-३१ बिहिबार

बिहानको ११:२५:२७

चेतना नेपालको ९औँ साधारण सभा सम्पन्न

नमनखबर डेस्क बैशाख १९, २०८३ १२८
चेतना नेपालको ९औँ साधारण  सभा सम्पन्न
बनेपा - काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर ७ स्थित चेतना नेपालको ९औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्वमा आयोजित उक्त सभामा रेडियो एबिसी ८९.८ मेगाहर्जका सञ्चालक मधु आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
सभामा महासचिव हरिनाथ न्यौपानेले संस्थाको प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष रमिता मानन्धरले आर्थिक वर्ष ०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन पेश गर्नुभयो। प्रस्तुत विवरणअनुसार संस्थाले कुल ८ लाख १६ हजार ४ रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथि आचार्यले सामुदायिक रेडियोले समाज रूपान्तरण, बेथिति र विसङ्गतिविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो। उहाँले बदलिँदो समयअनुसार नयाँ प्रविधिको प्रयोग गरी सूचनाको पहुँच विस्तार गर्नु आजको आवश्यकता भएको बताउनुभयो।
त्यसैगरी, रेडियो एबिसीका सञ्चालक भोला थापाले सञ्चार माध्यमलाई प्रभावकारी र विश्वसनीय बनाउन नयाँ प्रविधिलाई आत्मसात गर्दै सबैखाले चुनौती सामना गर्ने क्षमता विकास गर्नुपर्ने धारणा राख्नुभयो।
साधारण सभामा संस्थाका गतिविधि, वित्तीय पारदर्शिता र आगामी योजनाबारे छलफल गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको संस्थाले जनाएको छ। 
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।