२०८३-जेष्ठ-०५ मंगलबार

बिहानको ११:२५:२७

चौंघरे ठोस्नेखोलाका ३१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नमनखबर डेस्क पुस ०७, २०८१ ३३0
चौंघरे ठोस्नेखोलाका ३१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ललितपुर । कोन्ज्योसोम गाउँपालिका वडा नं.१ चौंघरे,ठोस्नेखोलास्थित श्री काली सेती देवी आधारभूत विद्यालयमा अध्ययनरत तामाङ,दलित तथा अन्य समुदायका ३१ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन र गत असोज १२ गते गएको बाढी पहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन आज आइतबार लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक, काठमाडौंको संयोजन र व्यवस्थापनमा, ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं.१ गोदामचौंरका वासिन्दा एवं समाजसेवी सुबोध थापाको आर्थिक सहयोगमा वडाध्यक्ष सन्तलाल ग्याबा तामाङको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री वितरण गरेको छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वीराज सापकोटाको सभाध्यक्षतामा आयोजित सो समारोहमा प्रमुख अतिथि तथा वडाध्यक्ष सन्तलाल ग्याबा तामाङले विद्यार्थीहरुलाई कपि, स्केल, पेन्सिल, डटपेन, इरेजर, कटर लगायतका शैक्षिक सामग्री वितरण गर्नु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक राजिन्द्र हुमागाईले स्वागत,शिक्षक प्रकाश सञ्जेलले कार्यक्रम संचालन गर्नु भएको समारोहमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक अभिभावक संघका प्रतिनिधि, अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थित रहेको जनाएका छन् । 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।