२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

चण्डेश्वरी सृष्टिकान्त विद्यालयमा बृहत् शैक्षिक मेला: विज्ञानदेखि कला संस्कृतिलाई जोड्ने साझा थलो

नमनखबर डेस्क पुस २५, २०८२ १८0
चण्डेश्वरी सृष्टिकान्त विद्यालयमा बृहत् शैक्षिक मेला: विज्ञानदेखि कला संस्कृतिलाई जोड्ने साझा थलो

बनेपा । बनेपा नगरपालिका वडा नम्बर ४, नालामा रहेको चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयमा शुक्रबार बृहत् शैक्षिक मेला प्रदर्शनी सम्पन्न भएको छ।

विद्यालयद्वारा आयोजित मेलामा कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागी भएका थिए। ११२ वटा स्टलमार्फत विद्यार्थीहरूले आफूले पढेका र सिकेका विषयसँग सम्बन्धित चित्र, विज्ञान तथा स्वास्थ्य सामग्री, कम्प्युटरसम्बन्धी जानकारी, मौलिक भेषभूषा, पुराना हातहतियार, बाजागाजा, तरकारी, फलफूल, ठेकी र मदानीजस्ता सामग्रीहरू प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूले आफैं सामग्रीबारे अवलोकनकर्तालाई जानकारी गराउँदै प्रस्तुत गरेको शैली विशेष आकर्षणको केन्द्र बनेको थियो।

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र उपप्रमुख विमला सापकोटाले प्रदर्शनीको अवलोकन गर्दै यस्ता शैक्षिक मेलाले विद्यार्थीहरूको बौद्धिक क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

सामुदायिक विद्यालयले यति ठूलो शैक्षिक कार्यक्रम आयोजना गर्नु अन्य विद्यालयका लागि पनि उदाहरणीय भएको उहाँहरूको भनाइ थियो।

विद्यालयका प्रधानाध्यापक श्यामकुमार पाण्डेयले कक्षामा सिकेका विषयलाई व्यवहारमा उतार्ने उद्देश्यले शैक्षिक मेला आयोजना गरिएको जानकारी दिनुभयो। 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।