२०८३-जेष्ठ-०५ मंगलबार

बिहानको ११:२५:२७

बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

नमनखबर डेस्क मंसिर ०९, २०८२ ३४७
बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

२०८२ मंसिर ८, बनेपा, काभ्रेपलाञ्चोक

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ अनुसार एकै समय तालिकामा सञ्चालन भएको चारवटा एकाइ बैठकबाट आएका निर्णयहरूलाई एकाइ प्रतिनिधि निर्णय प्रमाणित सभाले अनुमोदन गरेसँगै साधारण सभा औपचारिक रूपमा निष्कर्षमा पुगेको हो । मंसिर ६ गते सम्पन्न भएको एकाइ बैठकमा कुल सदस्य संख्याको ५६.२१ प्रतिशत सदस्यहरूको सहभागिता रहेको संस्थाले जानकारी गराएको छ ।

साधारण सभाले आर्थिक वर्ष ०८१/०८२ बाट प्राप्त मुनाफाबाट सदस्यहरूलाई ८ प्रतिशत दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ । यससँगै संरक्षित पूँजी फिर्ता कोषमार्फत सदस्यहरूले बचतमा गरेको योगदानका आधारमा २.८ प्रतिशत र ऋण योगदानका लागि २.५ प्रतिशत अतिरिक्त लाभांश प्रदान गरिने निर्णय पारित गरिएको छ । साथै, संस्थाको आफ्नै कार्यालय भवन निर्माण गर्न तथा सबै सदस्यको शेयर पूँजी समान रूपमा रु.१०,००० कायम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गरिएको छ ।

सभामा पेस गरिएको अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष ०८१/०८२ मा कुल रु. ४,१७,८४,६७२.६४ रुपैयाँ संचालन मुनाफा गरेको छ । सोही अवधिमा संस्थाको कुल सम्पत्ति रु. २ अर्ब १२ करोड ७७ लाख २० हजार २३५.८६ रुपैयाँ, बचत खातामा रु. १ अर्ब ७२ करोड १७ लाख १० हजार १८.८५ रुपैयाँ, शेयर पूँजी रु. १७ करोड २१ लाख ९९ हजार ७०० रुपैयाँ तथा संस्थागत पूँजी रु. १८ करोड ४५ लाख ६८ हजार १४१.२१ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी लगानीमा रहेको ऋण रकम रु. १ अर्ब ३४ करोड ५९ लाख ३२ हजार ७१.४० रुपैयाँ भएको सहकारीले जनाएको छ । साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सेवा विस्तार योजना तथा आगामी लक्ष्यबारे विस्तृत छलफल भएको थियो ।

सहकारीले आगामी दिनमा अझै पारदर्शी, दिगो र सदस्यमुखी सेवा प्रदान गर्दै आर्थिक सुदृढतामा केन्द्रित रहने प्रतिवद्धता जनाएको छ ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।