२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

थिंछापका ३८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नमनखबर डेस्क कार्तिक २६, २०८१ ३९६
थिंछापका ३८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.६ महाङकालचौंर, भुग्देउ, थिंछापस्थित श्री धनलक्ष्मी देवी प्राथमिक विद्यालयमा अध्ययनरत ३८ जना सम्पूर्ण विदयार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।  दलित विश्वकर्मा, तामाङ, ब्राह्मण,नेवार, गुरुङ समुदायका विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन  र गत असोज १२ गते शनिबार गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन सोमबार लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा नेपाल तामाङ घेदुङ इजरायलकी उपाध्यक्ष कुमारी गल्देन तामाङको आर्थिक सहयोगमा वडा सदस्य रीताकुमारी थापा बस्नेतको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री वितरण समारोहको आयोजना गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर थिङ तामाङको सभाध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि एवं वडा सदस्य बस्नेतले विद्यार्थीहरुलाई कपि,पेन्सिल, इरेजर, स्केल, कटर लगायतका सामग्री वितरण गर्नु भएको थियो । विद्यालयका शिक्षक राजेन्द्र थापाले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रममा विद्यालयकी प्र.अ.रोजिना वाईबा तामाङ, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकहरुको सहभागिता रहेको थियो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।