२०८३-जेष्ठ-०५ मंगलबार

बिहानको ११:२५:२७

ठेचो जनचेतनामूलक सरसफाइ अभियानको २५ औं शृङ्खला सम्पन्न

नमनखबर डेस्क मंसिर ०१, २०८१ ३९३
ठेचो जनचेतनामूलक सरसफाइ अभियानको २५ औं शृङ्खला सम्पन्न

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित धापाखेल दोबाटोमा ठेचोका महिला दिदिबहिनीहरुको सहभागितामा"स्वच्छ सफा हराभरा,सुन्दर ठेचो हाम्रो परिकल्पना"भन्ने नाराकासाथ शनिबार ठेचो जनचेतनामूलक सरसफाइ अभियानले आफ्नो गौरवमय २५ औं शृङ्खला भव्यताकासाथ सम्पन्न भएको छ ।                                 

                                            

ठेचोकी सामाजिक अभियन्ता एवं अभियानकी संयोजक निर्मला क्षेत्रीको नेतृत्वमा,स्थानीय ठेचोका सक्रिय महिला दिदिबहिनीहरु, अभियानका अभियन्ताहरुको सहभागितामा सिर्जनसीप सेवा प्रा.लि.खुमलटारका अध्यक्ष सहदेव राउतले प्रमुख अतिथिको आतिथ्यमा अभियानका २५ जना अभियन्ताहरुलाई अभियानको जाकेट प्रदान गर्नुहुँदैं, ठेचो धापाखेलदोबाटोदेखि ठेचो हेल्थ पोष्टसम्म सरसफाइ, जनचेतनामूलक कार्य गरि संकलित फोहोरको व्यवस्थापन सिर्जनसीप सेवा प्रा.लि.खुमलटारले गरेको अभियानकी संयोजक एवं अभियन्ता निर्मला क्षेत्रीले बताएकी छिन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।