२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

तामाङ समाज क्रोएसियाको पहिलो अधिवेशन सम्पन्न, प्रकाश चन्द्र तामाङ्गको नेतृत्वमा नयाँ समिति गठन

नमनखबर डेस्क मंसिर २४, २०८१ ६२0
तामाङ समाज क्रोएसियाको पहिलो अधिवेशन सम्पन्न,  प्रकाश चन्द्र तामाङ्गको नेतृत्वमा नयाँ समिति गठन

जाग्रिब । तामाङ समाज क्रोएसियाको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । डिसेम्बर ८ (मंसिर २३) गते राजधानी जाग्रिबमा भएको अधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको हो । 
नयाँ कार्यसमितिको अध्यक्ष प्रकाश चन्द्र तामाङ्ग निर्विरोध हुनुभएको हो । तामाङ समाज क्रोएसियाका सम्पूर्ण पदाधिकारीहरू निर्विरोध चयन गरिएको तामाङ समाज क्रोएसियाले जनाएको छ । 


समाजको वरिष्ठ उपाध्यक्षमा बुद्ध लामा, उपाध्यक्षमा हरि तामाङ्ग, जीवन घलान तामाङ्ग, दिपक तामाङ्ग, नुर्बु तामाङ्ग, महिला उपाध्यक्षमा प्रमिता थोकर तामाङ्ग, महासचिव विशाल योञ्जन, सचिव सुक बहादुर तामाङ्ग (सुरेन), सहसचिव दिपक तामाङ्ग, कोषाध्यक्ष दिपा गोले तामाङ्ग, सहकोषाध्यक्ष अमृता स्याङतान र सुजिता तामाङ्ग, प्रवक्ता रमेश भोलन तामाङ्ग रहेका छन् । त्यस्तै तामाङ समाज क्रोएसियाको प्रमुख सल्लाहकार सुर्य बहादुर थिङ (साइमन लामा), दावा लामा, सनिप लामा (पूर्व अध्यक्ष), मन बहादुर तामाङ्ग र मिडमर घिसिङ तामाङ्ग रहेका छन् । 

 

अधिवेशनले ३४ जनालाई कार्यसमिति सदस्य मनोनयन गरेको छ । कार्यसमिति सदस्यहरूमा कमल योञ्जन, विशाल मोक्तान तामाङ्ग, अर्जुन मोक्तान तामाङ्ग, मनिष थोकर, सोमती तामाङ्ग, अजिता तामाङ्ग, शान्ति योञ्जन तामाङ्ग, विवेक तामाङ्ग, लाक्पा तामाङ्ग, सुजन तामाङ्ग, हरि तामाङ्ग दोङ, सिर्जना योञ्जन, निकेश तामाङ्ग, विर्ख योञ्जन तामाङ्ग, छिरिङ तामाङ्ग, सलाम सिंह तामाङ्ग, ङावाङ लामा, पदम योञ्जन, गणेश तामाङ्ग, प्रदिप तामाङ्ग, राजेन्द्र तामाङ्ग, रण बहादुर तामाङ्ग, जीवन लामा, हरि बहादुर तामाङ्ग, गोपाल मोक्तान, सुजन पाख्रिन, रितेश लामा, सविन तामाङ्ग, धनाम थोकर तामाङ्ग, उमेश तामाङ्ग, श्याम बहादुर तामाङ्ग, कुमार लामा, शम्भु थिङ तामाङ्ग र विनोद गोले रहेका छन् । 


त्यस्तै संघको साधारण सदस्यहरूमा कुमार थिङ तामाङ्ग, रेजिना तामाङ्ग, हिरालाल घलान, छेसुङ लामा रहेका छन् । समाजको साधारण सदस्यमा क्रोसियामा रहेका तामाङ समुदायको जोकोही पनि सशुल्क बन्न सक्ने जनाइएको छ ।

कार्यक्रममा प्रतिवेदन कोषाध्यक्ष दिपा गोलेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अघिल्लो कार्यसमिति, सल्लाहरकारलाई सम्मान गरिएको थियो । सँगै तामाङ समाजबाट यसअघि विभिन्न समयमा खेलकुद, सांस्कृतिक कार्यक्रममा सहभागि भएका व्यक्तित्वहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।   


नयाँ कार्यसमितिको पहिलो बैठक यही डिसेम्बर २२ मा बस्ने र उक्त बैठकबाट वार्षिक योजनाहरू तय गर्ने कार्यक्रम रहेको तामाङ्ग समाज क्रोएसियाले जनाएको छ । 


 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।