२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

समृद्ध काभ्रेपलाञ्चोकका एजेन्डासहित एमाले उम्मेदवारसँग प्रेस चौतारीको संवाद

नमनखबर डेस्क माघ १५, २०८२ १५१
समृद्ध काभ्रेपलाञ्चोकका एजेन्डासहित एमाले उम्मेदवारसँग प्रेस चौतारीको संवाद

धुलिखेल - प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकले आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूका एजेन्डा र प्रतिबद्धता मतदातासमक्ष पुर्‍याउने उद्देश्यले उम्मेदवारसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।

प्रेस चौतारी काभ्रेका अध्यक्ष केदारनाथ तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूले समृद्ध काभ्रे निर्माणका सन्दर्भमा आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गरेका थिए।कार्यक्रममा एमालेका क्षेत्र नं. १ का उम्मेदवार अमित लामा, क्षेत्र नं. २ का उम्मेदवार अशोक ब्याञ्जु, समानुपातिक उम्मेदवार इन्द्र तामाङ, सुमित्रा भोक्षिभोया र भक्तकुमारी लामा सहभागी थिए।

अन्तर्क्रियामा नेकपा एमाले काभ्रेपलाञ्चोकका अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा, सचिव राजकुमार सापकोटा, प्रेस चौतारीका पूर्व अध्यक्षहरू, निवर्तमान अध्यक्ष भुवन रायमाझी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतले उम्मेदवारहरूलाई मतदातामाझ प्रस्तुत हुने प्रतिबद्धताका विषयमा सुझाव दिएका थिए।कार्यक्रममा वर्तमान राजनीतिक अवस्था, विकास, समृद्धि र सुशासनका योजना तथा उम्मेदवारका प्राथमिकताबारे छलफल गरिएको थियो। सहभागी वक्ताहरूमा प्रेस चौतारी केन्द्रिय सदस्य नवराज बजगाँई, एमाले काभ्रेका प्रचार विभाग प्रमुख श्याम सापकोटा, पूर्व अध्यक्ष राजकुमार पराजुली, प्रेस चौतारी बागमती प्रदेश कमिटी सचिव जगत तामाङ लगायत थिए।

काभ्रेपलाञ्चोक क्षेत्र नं. २ का उम्मेदवार अशोक ब्याञ्जुले गलत सूचनाको खण्डन गर्दै सत्य तथ्य जनतामाझ पुर्‍याउन मर्यादित पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नेपालको सार्वभौमसत्तामाथि भइरहेको हस्तक्षेपलाई एमालेले मात्रै परास्त गर्न सक्ने दाबी गरे।क्षेत्र नं. १ का उम्मेदवार अमित लामाले युवालाई सिर्जनशील, रचनात्मक र आत्मनिर्भर बनाउँदै समृद्धिको बाटोमा अघि बढ्ने योजनासहित उम्मेदवारी दिएको बताए।एमाले बागमती प्रदेश कमिटी उप–सचिव एवं समानुपातिक उम्मेदवार भक्तकुमारी लामाले देश विकासकै कारण एमालेमाथि प्रहार भइरहेको बताउँदै सत्यलाई कसैले रोक्न नसक्ने उल्लेख गरिन्।

समानुपातिक उम्मेदवार सुमित्रा भोक्षिभोयाले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य एमालेले नै पूरा गर्ने बताइन् भने इन्द्र तामाङले एमाले सरकारमा रहँदा शिक्षा, स्वास्थ्य, कृषि र ठूला पूर्वाधार आयोजनामा भएका उपलब्धि जनतामाझ स्पष्ट रूपमा पुर्‍याउनुपर्ने बताए।कार्यक्रमको सञ्चालन प्रेस चौतारी काभ्रेका सचिव विकास तिमल्सिनाले गरेका थिए।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।