२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

सहयात्राको कुल पूँजी २० करोड २५ लाख

नमनखबर डेस्क असोज २१, २०८१ २२0
सहयात्राको कुल पूँजी २० करोड २५ लाख

पनौती । सहयात्रा देवीस्थान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

साधारण सभा कार्यक्रम ३ वटा सेवा केन्द्र र प्रधान कार्यालयमा गत शुक्रवार उपस्थिति तथा सुझाव संकलन गरिएको थियो । सभा पनौती स्थित श्रीराम पार्टी प्यालेस सभाहलमा असोज १७ गते समापन गरिएको थियो । 

सभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष गोबिन्द प्रसाद न्यौपानेले संस्थामा वित्तीय सुशासन कायम राख्दै बहुउद्देश्यीय क्रियाकलापलाई जोड दिई सदस्यहरुको जीवनस्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

 संस्थामा विभिन्न विधामा उत्कृष्ठ शेयरसदस्यहरुलाई सम्मान गरिएको थियो । 

संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव हरी शंकर तिमल्सिनाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा गरेका कार्य तथा आगामी वर्षका रणनीतिक योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।

कोषाध्यक्ष आनन्द सापकोटाले प्रतिवेदन मार्फत संस्थाको आर्थिक गतिविधिका विषयमा जानकारी गराउनुभएको थियो । सापकोटाका अनुसार २ हजार ७ सय ९२ जना शेयर सदस्य रहेको संस्थाा २० करोड २५ लाख रुपैयाँ कुल पुँजी रहेको छ ।

सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक नरहरि भण्डारीले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका आर्थिक कृयाकलाप तथा गतिविधिहरुको जानकारी गराउनुभएको थियो ।

 सभामा सोहि सहकारीका सन्चालक समितिका पदाधिकारी, सल्लाहकार, विभिन्न उपसमितिका पदाधिकारीहरु, सेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

गत असोज ११ र १२ मा बाढि पहिरोबाट क्षतिग्रस्त घरबार बिहिन पनौती नगरपालिका भित्रका नागरिकहरुलाई सहयोग गर्नको लागि उपस्थित सदस्यहरुबाट स्वैच्छिक सहयोग समेत संकलन गरिएको व्यवस्थापक गौतम प्रजापतिले जानकारी दिनुभयो । 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।