२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

रोशी र तेमाल जोड्ने राणकालीन झोलुङ्गे पुल

अशोक बुद्ध लामा भदौ ०२, २०८२ ४८६
रोशी र तेमाल जोड्ने राणकालीन झोलुङ्गे पुल


 

काभ्रे जिल्लाको रोशी गाउँपालिका अन्तर्गत मंगलटारमा रोशी खोलामा बनेको आधुनिक झोलुङ्गे पुल पनि हार्पर एण्ड कम्पनीले बिसं १९६० को दशकमा बनाएको सातवटा पुल मध्यको एक पुल हो । सडक यातायातले नजोडिएको बेला पूर्वी नेपालको लागि यहि मंगलटार भएर हिड्नु पर्दथ्यो । जसले गर्दा यो पुलको महत्व धेरै नै थियो । मंगलटार बजारबाट तेमाल गाउँ तर्फ जाने बाटोमा रोशी खोला माथि बनेको यो पुल बिसं १९६६ मा बनेको हो ।

 

यो पुलको डिजाइन हार्पर एण्ड कम्पनीका मालिक लुइस हार्परले नै गरेका थिए । भने नेपाल तर्फका इञ्जिनियर ब्रिगेडियर कर्णेल कुमार नरसिंह राणाले यसको निर्माण गरेका थिए । यस निर्माण कार्यमा नेपाली सेनाका जवानहरु नै खटिएका थिए । निकै बलियो १३० फुट लामो तथा ४ फुट चौडाइको यो पुलको बिशेषता पनि अन्य हार्पर एण्ड कम्पनीको झै चारवटा गजुर नै हो । हार्पर कम्पनीले आफ्नो कम्पनीले बनाएको पुलहरुको पहिचानको लागी पनि यस किसिमको समान गजुर राख्ने गर्दथे । 

 

शुरुमा पुल बनाउँदा भुइमा हिड्नको लागि काठका फल्याकहरु ओछ्याइएको हुन्थ्यो । तर समयकालले ति काठका फल्याकहरु कुहिन थाले पछि मर्मतको क्रममा प्राय सबै पुलहरुमा काठको सत्ता स्टिलका राखिएको छ । यस पुलमा पनि शुरुमा बनाउँदाको काठको फल्याकको ठाउँमा स्टिलको ग्रिडहरु ओछ्याइएको छ । 

 

मंगलटारको पुलमा खोलाको दायाँबायाँ चारवटा जालीदार टावर बनाइएको छ । जसमा सवा इन्चको बलियो मोटा ग्याल्बनाइज्ड तारले बाँधिएको छ । केही धनुषाकार डिजाइनमा बिचको भाग केही उच्चा बनाइएको छ । लामो लट्किएको तारमा एक इन्च मोटा तारमा हिड्ने डेकलाई हरेक पाँच फुटको दुरीमा अल्झाइएको छ । यसको भार क्षमता पनि प्रति वर्ग फुट ७२.५ केजी रहेको छ ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।