२०८३-वैशाख-३१ बिहिबार

बिहानको ११:२५:२७

नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु

नमनखबर डेस्क पुस २१, २०८१ ४६७
नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु

भकुण्डेवेशी । काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं - ७ भकुण्डेबेँशीमा अवस्थित श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु भएको छ ।

विद्यार्थीहरुमा रहेको खेलकुदप्रतिको रुचि र चाहानालाई मध्यनजर गर्दै खेल क्षमतालाई उजागर गरि प्रोत्साहन गर्ने उद्धेश्य बोकेर खेलकुद सप्ताहको आयोजना गरिएको हो । यसमा विद्यार्थीहरुको शारीरिक, मानसिक तथा बौद्धिक स्तर वृद्धि हुने खेलहरुलाई समावेश गरिएको छ । आज एक कार्यक्रमको बिच विद्यालयको खेलकुद विभाग इन्चार्ज विशाल शर्मालाई खेल सामाग्री हस्तान्तरण गर्दै विद्यालयका संस्थापक सन्तोष अधिकारीले रिबन काटेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले देशभरिका सम्पूर्ण विद्यालयहरुले विद्यालयको खेलकुद क्षेत्रमा देखिएको रुचिलाई विशेष ध्यान दिएर अगाडि बढ्ने हो भने यसबाट राष्ट्रले समेत लाभ लिन सक्ने अर्थात खेलकुदको क्षेत्रमा ठूलो फड्को मार्न सक्ने विचार व्यक्त गर्नुभयो । उहाँले खेल खेल मात्र नभइ अनुशासन तथा एकताको प्रतीक समेत भएको धारणा राख्नुभयो । 

खेलकुदमा विजेता विद्यार्थीहरुलाई विद्यालयको वार्षिकोत्सब कार्यक्रमको दिन प्रमाणपत्र, मेडल र ट्रफी वितरण गर्ने कुरा विद्यालयका सहायक प्रधानाध्यापक विवेक कुमार तामाङले बताउनुभयो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।