२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

नमन उपभोक्ता सहकारी संस्था लि. को १६ औँ वार्षिक साधारण सभा सम्पन्न

नमनखबर डेस्क मंसिर ३०, २०८१ ४५२
नमन उपभोक्ता सहकारी संस्था लि. को १६ औँ वार्षिक साधारण सभा  सम्पन्न

महांकाल गाउँपालिका वडा नं. ५ नमनडाँडा स्थित नमन उपभोक्ता सहकारी संस्था लि. को १६ औँ वार्षिक साधारण सभा  सम्पन्न भएको छ । जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

मंसिर ३० गते नमनडाँडा स्थित श्री सरस्वती माध्यमिक विद्यालको प्राङ्गणमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष रामहरि दाहालले २०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक शेषानन्द बजगाईंले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सँगै संस्थाका कोषाध्यक्ष मिलन वाईबाले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख फुयाँलले समाजसेवा सामान्य विषय नभएको र सहकारीले जनताको सम्पति संकलन गरेर जनतालाई नै प्रवाह गर्ने हुँदा ठुलो दायित्व रहेको बताउनुभयो । समाजसेवाको काम गर्दै अगाडि बढ्नुभएका सञ्चालक समितिका वर्तमान र पूर्व पदाधिकारीप्रति आभार व्यक्त गर्नुभयो । 

संस्थाले सभाको अवसरमा स्वास्थ्य परिक्षण गरि सिर्जनशीलताको काम गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले असोज १०-१२ गतेको अविरल वर्षाले निम्त्याएको बाढी पहिरोले सडक, घर क्षीण बनाएको सम्झदै ललितपुरको यस क्षेत्रमा मान्छे बस्न योग्य ठाउँ बनाउनुपर्ने बताउनुभयो । उहाँले सडक, शिक्षामा सुधार गरि बसाइसराई रोक्नुपर्नेमा जोड दिनुभयो । 

यसअघि मंसिर २२ गते संस्थाले पनौती तथा चापागाँउमा सदस्यहरूको सहजताको लागि छलफल, सुझाव संकलन र परिवहन खर्च उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको थियो । 

 उक्त अवसरमा ज्येष्ठ नागरिक हेल्थ केयर फाउन्डेसन नेपाल र मेघा अस्पताल प्रा.लि. को आयोजना तथा स्थानीय स्वास्थ्य संस्था चन्दनपुर स्वास्थ्य चौकीको संलग्नतामा २०० जनाभन्दा बढी सदस्यहरूको स्वास्थ्य परीक्षण गरिएको संस्थाका व्यवस्थापक झन्जबहादुर गोलेले जानकारी दिनुभयो । 

कार्यक्रममा सहकारीका सल्लाहकार, पूर्व अध्यक्षहरूले सहकारीले समुदायमा खेलेको भुमिकाको चर्चा गर्दै सुधार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।  

संस्थाका अध्यक्ष रामहरि दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्याम केसीले गर्नुभएको थियो । 

 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।