२०८३-श्रावण-०३ आइतबार

बिहानको ११:२५:२७

नाईटिङ्गेल एकेडेमीमा स्पोर्ट्स मिट २०८२ सुरु

बालकृष्ण बजगाईं असोज २८, २०८२ ६५९
नाईटिङ्गेल एकेडेमीमा स्पोर्ट्स मिट २०८२ सुरु

बनेपा, काभ्रेपलाञ्चोक, २०८२ असोज २८

बनेपा नगरपालिका वडा नम्बर १० जनागालमा रहेको नाइटिङ्गेल एकेडेमीको आयोजनामा नाइटिङ्गेल स्पोर्ट्स मिट २०८२ को उद्घाटन समारोह एक विशेष कार्यक्रमकाबिच सुरु भएको छ । 

कार्यक्रम विद्यालयका अध्यक्ष रत्न कुश रजितकारको सभापतित्व र श्री मेहर गण धुलिखेलका मेजर ईश्वर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उद्घघाटन समारोहका विशिष्ट अतिथिहरुमा बनेपा वडा नं १० का अध्यक्ष चन्द्र बहादुर खड्का र पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष विनोद कुमार न्यौपाने, समाजसेवी सत्यमान तामाङ, राज भन्दिर श्रेष्ठ साथै अतिथिहरूमा काभ्रेपलाञ्चोक जिल्लामा क्रियाशील सञ्चारकर्मी लगायतका व्यक्तित्वहरूको उपस्थित रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेजर बस्नेतले खेलकुदले मिहिनेती, जिम्मेवारी बोधको भावन विकास गराउने भन्दै खेलकुदको लागि अनुशासित, लगनशील र परिश्रमी हुन सिकाउने बताउनुभयो । खेलकुदको माध्यमबाट नाम र दाम दुवै कमाउन सकिने बताउँदै उहाँले व्यक्तित्व विकासको लागि खेलकुद महत्वपूर्ण मार्ग भएको बस्नेतको भनाई थियो । 

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष रत्नकुश रन्जितकारले खेलाडी विद्यार्थीहरूलाई एक आपसमा अनुशासित भई अहंकार नराखी खेलकुदमा सहभागि हुन आग्रह गर्नुभयो । जित्नेले जित्छ, हार्नेले सिक्छ भन्ने कुरालाई मनन गर्दै स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट खेल सप्ताहलाई अझ ओझिले बनाउन आग्रह गर्नुभयो । 

अध्यक्ष रन्जितकारका अनुसार एक महिना भित्र विद्यालयको छुट्टै फुटसल मैदान निर्माण हुनेछ । त्यस्तै बास्केटबल, भलिबल, ब्याडमिन्टनको होम ग्राउन्ड तयार तयार हुने अध्यक्ष रन्जितकारको भनाई थियो ।  विद्यालय ४ वटा ब्लकको अवधारणा अगाडि बढिसकेको जानकारी रन्जितकारले दिनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष चन्द्र बहादुर खड्काले विद्यार्थीहरूलाई अनुशासित भएर खेल खेल्न आग्रह गर्दै वडा खेलकुदको विकासका लागि सहयोग, सहकार्य गर्न सधैँ सकारात्मक रहेको बताउनुभयो । 

एक हप्ता सम्म चल्ने स्पोर्टस् मिटमा फुटबल, भलिबल, हाइजम्प, लङ्ग जम्प, स्विमिङ, टग अफ वार, कराँते प्रतियोगिता लगायतका खेलहरु खेलाइने विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले जानकारी दिनुभयो । 

समारोहमा विद्यार्थीहरूले एनसीसी द्वारा खुकुरी ड्रिल, टेकवानदो, कक्षा ३ र ४ का विद्यार्थीहरूले पिटी प्रदर्शन साथै नृत्य प्रस्तुत गरिएको थियो ।

विद्यार्थीका विभिन्न प्रस्तुतिमा विद्यालयका इसिए प्रमुख विक्रम प्रजापतिले सहजीकरण गर्नुभयो । 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

बालकृष्ण बजगाईं

बालकृष्ण बजगाईं

"बालकृष्ण बजगाईं, नमनखबरका एक सिर्जनात्मक लेखक हुन् । बजगाईं समाचार लेखनमा नवीनता र विश्लेषणात्मक दृष्टिकोण ल्याउँदै समाजको गहिरो अध्ययन गर्छन्। उनी सत्य र विश्वसनीयता प्रति प्रतिबद्ध छन् र विभिन्न विषयमा उत्कृष्ट र प्रेरणादायक सामग्री प्रस्तुत गर्छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।