काठमाडौं विश्वविद्यालयः ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा १,५२७ विद्यार्थी दीक्षित हुँदै
काठमाडौं विश्वविद्यालय (केयू) ले २०८३ असार १९ शुक्रबार ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) गौरवका साथ आयोजना गर्दैछ ।
काभ्रेको धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा आयोजना हुने यस समारोहमा १,५२७ जना विद्यार्थीहरूको अब्बल ब्याच दीक्षित हुँदैछ । दीक्षित हुने विद्यार्थीहरूमध्ये स्कूल अफ आट्र्सबाट १६१, स्कूल अफ एजुकेशनबाट ११२, स्कूल अफ इन्जिनियरिङबाट ३५५, स्कूल अफ लबाट ४२, स्कूल अफ म्यानेजमेन्टबाट १४६, स्कूल अफ मेडिकल साइन्सेजबाट ५०४ र स्कूल अफ साइन्सबाट २०७ जना रहेका छन् ।
दीक्षित हुनेहरूमा पीएचडी÷डीएम÷एमसीएच कार्यक्रमका २१ जना, एमफिल र मस्टर बाई रिसर्चका ९३ जना, स्नातकोत्तरका २७९ जना, पोस्टग्रयाजुएट डिप्लोमा इन एजुकेशनका २ जना र स्नातकका १,१३२ जना विद्यार्थीहरू रहेका छन् । दीक्षित हुनेहरूमा ८०० जना पुरुष (५२.३९%) र ७२७ जना महिला (४७.६१%) रहेका छन् ।
दीक्षित हुनेहरूमा अष्ट्रेलिया, बंगलादेश, चीन, भारत, श्रीलंका, बेलायत र संयुक्त राज्य अमेरिकाका १७९ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरू छन् ।
विश्वविद्यालयले पहिलो पटक ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (२६ विद्यार्थी), डाक्टर मेडिसिनाइ इन नियोनेटोलोजी (३ विद्यार्थी) र मास्टर अफ साइन्स इन मेडिकल बायोकेमेस्ट्री एन्ड मोलिकुलर बायोलोजी (४ विद्यार्थी) विधामा उपाधि प्रदान गर्दैछ ।
यस दीक्षान्त समारोहसँगै काठमाडौं विश्वविद्यालयबाट दीक्षित विद्यार्थीको कुल संख्या ५१,५६७ पुग्दैछ ।
३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) का प्रमुख अतिथि
प्राध्यापक भूषण पटवर्धन
प्राध्यापक भूषण पटवर्धन डेक्कन कलेज पोस्ट ग्रेजुएट एन्ड रिसर्च इन्स्टिच्युट (डिम्ड युनिभर्सिटी), पुणे, भारतका कुलपति, राष्ट्रिय अनुसन्धान प्राध्यापक–आयुष, तथा सावित्रीबाई फुले पुणे विश्वविद्यालय र आईआईटी खडकपुरका विशिष्ट प्राध्यापक हुनुहुन्छ । नेशनल एकेडेमी अफ साइन्सेज र एकेडेमी अफ मेडिकल साइन्सेजका फेलो रहनुभएका उहाँले विश्वविद्यालय अनुदान आयोगका उपाध्यक्ष र राष्ट्रिय मूल्याङ्कन तथा प्रत्यायन परिषद्का अध्यक्षको रूपमा सेवा गरिसक्नुभएको छ । उहाँ परम्परागत औषधि सम्बन्धी डब्लुएचओका रणनीतिक तथा प्राविधिक सल्लाहकार समूहका सदस्य हुनुहुन्छ ।
प्रा. पटवर्धनको अनुसन्धान आयुर्वेदिक जीवविज्ञान (ब्थगचखभमष्अ द्यष्ययिनथ), आयुरजेनोमिक्स (ब्थगचनभलयmष्अक), रिभर्स फार्माकोलोजी (च्भखभचकभ एजबचmबअययिनथ), र सिस्टम्स आयुर्वेद (क्थकतझक ब्थगचखभमब) मा केन्द्रित छ, जसको मुख्य उद्देश्य परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गर्नु हो । ८ वटा भारतीय पेटेन्ट, २ वटा अमेरिकी पेटेन्ट, २०० भन्दा बढी वैज्ञानिक लेख र १८,५०० भन्दा बढी साइटेसनका साथ उहाँ विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा पर्नुहुन्छ। उहाँ जर्नल अफ आयुर्वेद एन्ड इन्टिग्रेटिभ मेडिसिन (एल्सेभियर) का संस्थापक–सम्पादक र चर्चित पुस्तक जीनोम टु ओम् (न्भलयmभ तय इm) का लेखक हुनुहुन्छ । उहाँ समकालीन पाण्डित्यमा भारतको वैज्ञानिक र सभ्यतागत विरासतलाई उच्च बनाउने एक प्रमुख आवाज हुनुहुन्छ ।
प्रदेशहरूमा केयूको बढ्दो उपस्थिति
काठमाडौं विश्वविद्यालयले हाल कर्णाली प्रदेश बाहेक बाँकी छ वटै प्रदेशहरूमा आफ्ना आंगिक र सम्बन्धन प्राप्त कार्यक्रमहरू मार्फत शैक्षिक गतिविधि सञ्चालन गरिरहेको छ । प्रदेशहरूमा आफ्नो उपस्थिति विस्तार गर्ने उद्देश्यका साथ केयूले खुला आवेदन माग गरी पारदर्शी छनोट प्रक्रिया मार्फत चालु शैक्षिक वर्षमा काठमाडौं उपत्यका बाहिरका एक दर्जन भन्दा बढी कलेजहरूलाई सम्बन्धन प्रदान गरेको छ । विश्वविद्यालयले ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (द्यक्ष्त्), ब्याचलर इन हेल्थ इन्फर्मेटिक्स (द्यज्क्ष्), ब्याचलर अफ टेक्निकल एजुकेशन इन इन्फर्मेसन टेक्नोलोजी (द्यत्भअज भ्म(क्ष्त्), ब्याचलर अफ सोसल वर्क (द्यक्ध्), र ब्याचलर अफ होटल म्यानेजमेन्ट (द्यज्ः) जस्ता विशिष्ट कार्यक्रमहरूमा सफलतापूर्वक आफ्नो प्राज्ञिक दायरा विस्तार गरेको छ । उदाहरणका लागि, मधेस प्रदेशको बर्दिबासमा केयू–नाथम (प्ग्–ल्ब्त्ज्ः) मार्फत ब्याचलर अफ होटल म्यानेजमेन्ट (द्यज्ः) कार्यक्रम सञ्चालन भइरहेको छ ।
केयूले चालु शैक्षिक वर्षमा सातै प्रदेशमा आफ्नो छात्रवृत्ति कार्यक्रम विस्तार गर्दै कक्षा १२ का उत्कृष्ट विद्यार्थीहरूका लागि शिक्षण शुल्कमा १००% छुटको व्यवस्था गरेको छ । यो पहलले प्रादेशिक सरकारहरूसँगको समन्वयलाई अझ प्रगाढ बनाउनेछ । यो कार्यक्रम विभिन्न प्रादेशिक मन्त्रालयहरूको सहयोगमा सुरु र कार्यान्वयन भइरहेको छ, जसमा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालय; मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय; र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय समावेश छन् । यो छात्रवृत्ति निम्न स्नातक कार्यक्रमहरूका लागि प्रदान गरिएको छ ः माइनिङ, केमिकल र इन्भाइरन्मेन्टल इन्जिनियरिङमा स्नातक; ब्याचलर इन हेल्थ इन्फर्मेटिक्स; इन्भाइरोन्मेन्टल साइन्समा बीएससी; र एग्रिकल्चर (कृषि) मा बीएससी । यस विस्तारको लक्ष्य नेपालको मानव संसाधन क्षमतालाई सुदृढ पार्नु र विभिन्न पृष्ठभूमिबाट आएका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नु हो ।
सातवटै स्कूलहरूमा प्राज्ञिक कार्यक्रमहरू विस्तार
काठमाडौं विश्वविद्यालयले सबै स्कूलहरूमा नयाँ शैक्षिक कार्यक्रमहरूको सुरुवात गरेर प्राज्ञिक विकासमा उल्लेख्य प्रगति गरेको छ । यस वर्ष सुरु गरिएका नयाँ कार्यक्रमहरूमा पीएचडी इन एडल्ट लर्निङ, मास्टर इन इन्डिजिनस एजुकेशन एन्ड डेभलपमेन्ट, डीएम इमर्जेन्सी मेडिसिन, मास्टर अफ फिजियोथेरापी कार्यक्रमहरू, एमई केमिकल इन्जिनियरिङ, एमएससी इन एग्रिकल्चर (हर्टिकल्चर), मास्टर इन सोसल इनोभेसन, मास्टर अफ इन्टरनेशनल अफेयर्स, इकोनोमी एन्ड डिप्लोमेसी, ब्याचलर इन इन्टरनेशनल रिलेसन एन्ड डिप्लोमेसी, मास्टर अफ साइकोलोजी, ःबकतभच या ऋचभबतष्खभ त्भअजलययिनथ बलम ःभमष्ब क्ष्ललयखबतष्यल, ःबकतभच या ँबकजष्यल म्भकष्नल, ःबकतभच या भ्लनष्लभभचष्लन ष्ल न्चभभल क्ष्लाचबकतचगअतगचभ भ्लनष्लभभचष्लन, कर्पोरेट तथा कमर्सियल कानुनमा एलएलएम, ब्याचलर अफ एजुकेशन इन बेसिक एन्ड अर्ली एजुकेशन, र प्राविधिक, व्यावसायिक तथा भाषा शिक्षामा कयौँ पोस्ट ग्रेजुएट डिप्लोमा कार्यक्रमहरू रहेका छन् ।
यसका साथै, नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले नियमित मापन र अनुगमनका लागि केयू परिसरमा राख्ने गरी स्कूल अफ साइन्सलाई वायु गुणस्तर अनुगमन केन्द्र हस्तान्तरण गरेको छ । यी कार्यले विश्वविद्यालय प्राज्ञिक नवीनता र उदीयमान राष्ट्रिय तथा विश्वव्यापी आवश्यकताहरूप्रति निरन्तर प्रतिबद्ध रहेको कुरा प्रमाणित गर्छन् ।
बहुभाषिक एआई र डिजिटल पूर्वाधार विस्तार गर्दै केयू
काठमाडौं विश्वविद्यालय र भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयबीच सीमापार प्रविधि सहकार्यको नयाँ युग सुरु भएको छ । काठमाडौं विश्वविद्यालयको डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स सेन्टर र डिजिटल इन्डिया भाषिनी डिभिजनबीच जुन ६, २०२६ मा नयाँ दिल्लीमा बहुभाषिक आर्टिफिसियल इन्टेलिजेन्स, भाषा प्रविधि र डिजिटल सार्वजनिक पूर्वाधारमा सहकार्य सुदृढ गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रम भारतीय विदेश मन्त्री एस जयशंकर र नेपालका परराष्ट्र मन्त्री शिशिर खनालको उपस्थितिमा सम्पन्न भएको थियो । एआई डीपीआई सेन्टर र भाषिनी बीचको संयुक्त प्रयासले क्षेत्रीय अनुसन्धान, नवीनता र क्षमता अभिवृद्धिलाई अगाडि बढाउनेछ । अन्ततः, यो कोसेढुङ्गाले दिगो सामाजिक–आर्थिक वृद्धिलाई बढावा दिन आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल सार्वजनिक पूर्वाधारको प्रयोग गर्दै नेपाल–भारत प्रविधि सहकार्यलाई बलियो बनाउनेछ । यस सम्झौताले समावेशी भाषा प्रविधिको विकास गर्नेछ, जसले दक्षिण एसियाभरिका लाखौँ मानिसहरूका लागि डिजिटल पहुँच विस्तार गर्नेछ ।
यो सम्झौताले उदीयमान प्रविधि र डिजिटल नवप्रवर्तनमा नेपाल र भारतबीच बढ्दो साझेदारीलाई प्रतिबिम्बित गर्दछ । यस सहकार्यको उद्देश्य उच्च गुणस्तरको नेपाली भाषाको डेटासेट, स्पीच कर्पोरा र बहुभाषिक एआई स्रोतहरूको विकासलाई गति दिनु हो, जसले स्पीच–टु–टेक्स्ट, टेक्स्ट–टु–स्पीच, मेसिन ट्रान्सलेसन र कन्भर्सेसनल एआई जस्ता प्रविधिहरूलाई सहयोग पु¥याउँछ । यसले विशेष गरी कम प्रतिनिधित्व भएका र कम स्रोत भएका क्षेत्रीय भाषाहरूको भाषिक र साहित्यिक सम्पदाको संरक्षण र डिजिटलीकरणमा पनि योगदान पु¥याउनेछ । यो पहलले नागरिकहरूलाई उनीहरूको मनपर्ने भाषामा डिजिटल सार्वजनिक सेवाहरूसँग अन्तक्र्रिया गर्न सघाउनेछ ।
यसबाहेक, यस सम्झौताले नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (ल्ीए), बहुभाषिक एआई र डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा संयुक्त अनुसन्धान, क्षमता अभिवृद्धि कार्यक्रम, तालिमका अवसर र पाइलट प्रोजेक्टहरूको परिकल्पना गरेको छ, जसले दुवै देशका विद्यार्थी, अनुसन्धानकर्ता, उद्यमी र प्रविधि पेशेवरहरूका लागि नयाँ मार्गहरू सिर्जना गर्नेछ ।
काउन्सेलिङ सेलमार्फत विद्यार्थीको मानसिक स्वास्थ्यमा ध्यान
प्राज्ञिक क्षेत्रमा मानसिक स्वास्थ्यको बढ्दो महत्त्वलाई मध्यनवर गर्दै काठमाडौं विश्वविद्यालयले विद्यार्थी र प्राध्यापकहरूका लागि काउन्सेलिङ सेल स्थापना गरेको छ । यस विशेष स्थानमा विद्यार्थीहरूले आफ्नो भावनात्मक स्वास्थ्य, व्यक्तिगत चुनौती र प्राज्ञिक वृद्धिका लागि गोप्य एवं सहानुभूतिपूर्ण सहयोग लिन सक्छन् ।
आफ्नो स्थापनाकालदेखि नै काउन्सिलिङ सेलले सबै स्कूलका विद्यार्थीहरूलाई तनाव व्यवस्थापन गर्न, लचिलोपन निर्माण गर्न र आफ्नो प्राज्ञिक एवं व्यक्तिगत यात्रामा आत्मविश्वास पुनः प्राप्त गर्नमा सघाउँदै आएको छ, र विद्यार्थीले सार्थक प्रगति महसुस गरिरहेका छन् ।
विद्यार्थीहरूले आफ्नो सोचमा स्पष्टता र दिशाबोधको प्रखर भावना महसुस गरेको बताएका छन् । व्यवस्थित काउन्सिलिङ सत्र र साथीभाइबीचको सचेतना कार्यक्रमहरू मार्फत काउन्सेलिङ सेलले विद्यार्थीहरूलाई मानसिक दबाबलाई उत्कृष्ट प्रदर्शनमा बदल्न मद्दत गर्नुका सथै उनीहरूलाई आफ्नो प्रगति अगाडि बढाउन सुरक्षित स्थान प्रदान गरिरहेको छ ।
प्ग्ऋऋ ले प्रमाणित मानसिक स्वास्थ्य ढाँचाहरू अपनाउन, अनुसन्धानका अन्तर्दृष्टिहरू साझा गर्न र विश्वव्यापी दृष्टिकोणहरू मार्फत आफ्ना अभ्यासहरूलाई समृद्ध बनाउन अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्यका लागि तत्पर छ ।
उत्कृष्ट स्नातकहरूका लागि रोजगारी
केयूले आफ्ना उत्कृष्ट स्नातकहरूलाई रोजगारी योजना मार्फत एक वर्षको रोजगारीको ग्यारेन्टी गर्दछ । स्नातकहरूलाई उनीहरूको विशिष्टीकरणका आधारमा विश्वविद्यालयभित्र अनुसन्धानकर्ता र ल्याब अनुसन्धान सहायकदेखि विभागीय र प्रशासनिक जिम्मेवारीसम्मका भूमिकाहरू दिइन्छ । यो योजनाले प्राज्ञिक ज्ञानलाई व्यावहारिक क्षेत्रमा प्रयोग गर्न एक व्यवस्थित वातावरण प्रदान गर्दछ, जसले व्यावसायिक संसारमा प्रवेश गर्न ठोस संक्रमणकालीन माध्यमको रूपमा काम गर्दछ ।
हिमालयन युनिभर्सिटी कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयमा
हिन्दूकुश हिमालय क्षेत्रका साझा चुनौतीहरूलाई सम्बोधन गर्न सरोकारवालाहरूसँग सहकार्य गर्दै ज्ञानको विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको हिमालयन युनिभर्सिटी कन्सोर्टियमको सचिवालयको नेतृत्व काठमाडौँ विश्वविद्यालयले गरेको छ । यो कन्सोर्टियम बहुविषयक शिक्षा र अनुसन्धानको माध्यमबाट भौगोलिक सिमानाभन्दा माथि उठेर हिमाली क्षेत्रको दिगो भविष्यमा समर्पित एक स्वतन्त्र, स्वायत्त र जीवन्त प्रतिबद्धता हो । इसिमोडको पहलमा सन् २००७ मा स्थापना भएको तथा डिसेम्बर २०२५ देखि काठमाडौँ विश्वविद्यालयलाई हस्तान्तरण गरिएको यस कन्सोर्टियमले अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल, पाकिस्तान र सोभन्दा बाहिरका १९ देशका १०७ विश्वविद्यालयहरूलाई साझा मञ्चमा आबद्ध गरेको छ ।
राजनीतिक पूर्वाग्रहइतर गहन उद्देश्य बोकेको यो कन्सोर्टियम एक आत्मनिर्भर विश्वव्यापी सञ्जालका रूपमा विकसित हुने क्रममा छ । शान्त, उत्थानशील, समावेशी र न्यायपूर्ण हिन्दूकुश हिमालय क्षेत्रको निर्माणका साथै “नव–मानवतावादी ग्लोबल साउथ” को परिकल्पनासहित काठमाडौँ विश्वविद्यालयले कन्सोर्टियमको सचिवालयको नेतृत्व लिएको हो ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।