२०८३-श्रावण-०३ आइतबार

बिहानको ११:२५:२७

काभ्रेमा विश्व रक्तदाता दिवस मनाइयो, रक्तदाताहरू सम्मानित

नमनखबर डेस्क जेठ ३१, २०८३ ५८
काभ्रेमा विश्व रक्तदाता दिवस मनाइयो, रक्तदाताहरू सम्मानित
बनेपा । "जोगिन्छ कसैको प्राण, गरेमा रक्तदान, मानव सेवा सच्चा धर्म हाम्रो अभियान" भन्ने नारासहित काभ्रेमा विश्व रक्तदाता दिवस (जुन १४/जेठ ३१) विविध कार्यक्रमका साथ मनाइएको छ।
मेथिनकोट प्रादेशिक अस्पतालको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको समन्वयमा बनेपास्थित परिवार नियोजन संघको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न समयमा रक्तदान गरी जटिल अवस्थाका तथा शल्यक्रिया गरिएका बिरामीहरूको जीवन बचाउन योगदान पुर्‍याउने रक्तदाताहरूलाई सम्मान गरिएको हो।
कार्यक्रम बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झा, बनेपा–५ का वडाध्यक्ष बलराम अधिकारी, बनेपा–८ का वडाध्यक्ष हिटलर शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोद न्यौपाने, पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
मेथिनकोट प्रादेशिक अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति अध्यक्ष विष्णु प्रसाद खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा रक्तदानमार्फत मानव जीवन बचाउन योगदान पुर्‍याउने व्यक्तिहरूको भूमिकाको प्रशंसा गरिएको थियो
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।