धुलिखेलमा १०२ कन्या पुजिए
धुलिखेल नगरपालिका–८, बडालगाउँमा कृष्णाष्टमीको अवसरमा कन्या पूजा कार्यक्रम सम्पन्न भएको छ। श्री जनचेतना युवा समूह तथा बहल्टाश्वर आध्यात्मिक प्रतिष्ठानको आयोजनामा कार्यक्रम गरिएको हो।
संस्थाका अध्यक्ष रमेशप्रसाद बडालका अनुसार कार्यक्रममा १०२ जना कन्याको पूजा गरिएको थियो।
कार्यक्रममा पूर्व अध्यक्षहरू उद्धवप्रसाद बडाल, साधुरा बडाल, रमेशप्रसाद न्यौपाने, प्रतिष्ठानका अध्यक्ष रामहरि बडालसहित कार्यसमिति सदस्य तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।