काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको ९ रोपनी ६ आना जग्गा कब्जा गर्न भूमाफिया सक्रिय भएका छन।
उनीहरु विद्यालयको जग्गामा पार्टी पुनर्निर्माणका नाममा कब्जा जमाउन कम्मर कसेर लागेको र लगभग सफल भै सकेको भेटिएको छ। २०७६साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको उक्त बिद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भै रहेको छ ।
काठमाडौं महानगरपालिका- ४ का वडाध्यक्ष दिनेश महर्जन भूमाफियाको लोभमा फसेर उक्त विद्यालयको नाममा लालपुर्जासमेत भएको जग्गामा ब्याबसायिक भवन निर्माण गर्न राजी भएको स्रोतले बताएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कामपाका मेयर बालेनलाई असफल बनाउने योजना अन्तर्गत कामपा ४ का वडाध्यक्ष दिनेश महर्जनले उक्त कार्य अघि बढाएको बालेन पक्षका व्यक्तिहरूको दाबी छ।
विद्यालयलाई नै धराशायी बनाउने योजना आफैमा घृणित र लाजमर्दो भएको र यसको प्रतिवादमा उत्रने स्थानीय बासिन्दाले बताएका छन।

0 Comments